Logo

२०८३ आश्विन २६ गते सोमवार

२०८३ आश्विन २६ गते सोमवार

तीन दिन देशभर कतै ठुलो वर्षाको सम्भावना छैन : मौसम विभाग (भिडिओ)

तीन दिन देशभर कतै ठुलो वर्षाको सम्भावना छैन : मौसम विभाग (भिडिओ)


  • 365
    Shares

    तीन दिन देशभर कतै ठुलो वर्षाको सम्भावना छैन : मौसम विभाग (भिडिओ)
    images

    काठमाडौं । आज (सोमबार) देखि तीन दिन (बुधबार) सम्म देशभर कतै पनि ठुलो वर्षाको सम्भावना नरहेको नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्।

    महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार आजसमेत ३ दिन देशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा त्यो पनि हल्का वर्षा मात्र हुने सम्भावना देखिएको छ। तराईमा त कतै पनि पानी पर्ने सम्भवना छैन। 

    ‘आज देशका हिमाली र पहाडी भूभागका एक दुई स्थानमा अर्थात् १० प्रतिशत भूभागमा मात्रै हल्का किसिमको वर्षा हुने सम्भावना देखिएको छ। ९० प्रतिशत भूभागमा वर्षाको सम्भावना देखिँदैन। तराईमा भने कतै पनि पानी पर्ने सम्भावना देखिएको छैन। यस्तै आज रातिका लागि देशभर कतै पनि वर्षाको सम्भावना देखिएको छैन’, मौसमविद् ढकालले सोमबार बिहान भिडिओ ब्रिफिङ जारी गर्दै भनेका छन्, ‘यसैगरी भोलि र पर्सि पनि देशका हिमाली र पहाडी भूभागका १० प्रतिशत हिस्सामा मात्र वर्षाको सम्भावना देखिएको छ। बाँकी भूभागमा पानी पर्ने सम्भावना देखिएको छैन। लगातार र धेरै वर्षाको सम्भावना कतै छैन। क्षणिक रूपमा हल्का वर्षाको सम्भावना विशेषगरी हिमाली र पहाडी क्षेत्रको दश प्रतिशत भूभागमा देखिएको छ। ’

    प्रकाशित मिति :आश्विन २६ २०८३ सोमवार - १२:३९:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij