Logo

२०८३ आश्विन २६ गते सोमवार

२०८३ आश्विन २६ गते सोमवार

जबरजस्ती करणी मुद्दामा १८ वर्षे कैदमा बसेर जेनजी आन्दोलनमा फरार कैदी पक्राउ

जबरजस्ती करणी मुद्दामा १८ वर्षे कैदमा बसेर जेनजी आन्दोलनमा फरार कैदी पक्राउ


  • 176
    Shares

    जबरजस्ती करणी मुद्दामा १८ वर्षे कैदमा बसेर जेनजी आन्दोलनमा फरार कैदी पक्राउ
    images

    काठमाडौं ।  जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय पाएका जेनजी आन्दोलनका क्रममा फरार भएका एक कैदीलाई प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तुको वाणगंगा नगरपालिका–१०, भावपुरका २३ वर्षीय विष्णु चौधरी थारु रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार चौधरी २०८२ भदौ २५ गते जेनजी आन्दोलनका क्रममा तौलिहवा कारागारबाट भागेर फरार भएका थिए ।

    फरार कैदीको खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक कालिका कार्कीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनलाई रुपन्देहीको मायादेवी गाउँपालिका–८ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका चौधरीलाई बाँकी कैद भुक्तानका लागि असोज २३ गते कारागार कार्यालय तौलिहवा पठाएको जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार चौधरीविरुद्धको जबरजस्ती करणी मुद्दामा अदालतले २०८० असोज ७ गतेको घटनासम्बन्धी कसुर ठहर गर्दै २०८० चैत २९ गते फैसला गरेको थियो । अदालतले उनलाई १८ वर्ष कैद सजाय तोकेको थियो ।

    प्रहरीका अनुसार चौधरीले यसअघि दुई वर्ष तीन महिना १९ दिन कैद भुक्तान गरिसकेका छन् । अब उनले १५ वर्ष आठ महिना ११ दिन कैद भुक्तान गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

    प्रकाशित मिति :आश्विन २६ २०८३ सोमवार - ११:५२:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij