Logo

२०८३ आश्विन २६ गते सोमवार

२०८३ आश्विन २६ गते सोमवार

आज प्रस्तावित चार राजदूतको संसदीय सुनुवाइ हुँदै

आज प्रस्तावित चार राजदूतको संसदीय सुनुवाइ हुँदै


  • 330
    Shares

    आज प्रस्तावित चार राजदूतको संसदीय सुनुवाइ हुँदै
    images

    काठमाडौं । सङ्घीय संसदको संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित चार जना राजदूतहरूको संसदीय सुनुवाइ गर्ने भएको छ । बैठक बिहान ९:१५ बजे सार्वजनिक लेखा समितिको सभाहलमा हुनेछ ।

    समितिले असोज २३ गते सूचना प्रकाशित गरेर समितिको १७औँ बैठकमा प्रस्तावित राजदूतहरूको सुनुवाइ तथा उनीहरूविरुद्ध परेका उजुरीमाथि आज असोज २६ गते छलफल गर्ने सूची तय गरेको थियो ।

    आज बस्ने बैठकमा प्रस्तावित राजदूतहरूविरुद्ध प्राप्त उजुरीका सम्बन्धमा उजुरीकर्ताहरूलाई समितिमा आमन्त्रण गरी छलफल गरिनेछ।

    सरकारले भारतका लागि डा. निश्चल नाथ पाण्डे, चीनका लागि कल्याण राज शर्मा, अमेरिकाका लागि चिरन जङ्ग थापा, बेलायतका लागि गौरव शमशेर जबरालाई राजदूतमा प्रस्तावित गरेको छ ।

    प्रकाशित मिति :आश्विन २६ २०८३ सोमवार - १०:३६:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij