Logo

२०८३ आश्विन २५ गते आइतवार

२०८३ आश्विन २५ गते आइतवार

एक्स्ट्रिम इनर्जी ड्रिंकले सुरु गरेको छ ‘एक्स्ट्रिम म्युजिक सिरिज’ !

एक्स्ट्रिम इनर्जी ड्रिंकले सुरु गरेको छ ‘एक्स्ट्रिम म्युजिक सिरिज’ !


  • 960
    Shares

    एक्स्ट्रिम इनर्जी ड्रिंकले सुरु गरेको छ ‘एक्स्ट्रिम म्युजिक सिरिज’ !
    images

    काठमाडौं । नेपाली सङ्गीतमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवद्र्धन गर्ने उद्देश्यसहित एक्स्ट्रिम इनर्जी ड्रिंकले ‘एक्स्ट्रिम म्युजिक सिरिज’ सुरु गरेको छ । अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।

    एक्स्ट्रिम इनर्जी ड्रिंकको अवधारणामा आधारित यस सिरिजको व्यवस्थापन आर्बिट्ररी रेकड्र्स र निर्माण एनएफटीपी (नर्थ फ्रम दिस प्लानेट) ले गरिरहेका छन् । सिरिजअन्तर्गत प्रत्येक दुई सातामा एउटा नयाँ मौलिक गीत सार्वजनिक गरिनेछ । गीत तथा सङ्गीत भिडियोहरू एक्स्ट्रिम म्युजिक सिरिज युट्युब च्यानलमार्फत हेर्न र सुन्न सकिनेछ ।

    पहिलो सिजनमा याबेश, एसटीम्यान, भेक, व्योमा, ब्लुज, बिजेन, फोकटोनिक्स, डोङ र क्रिजेन गरी नौ जना कलाकार सहभागी हुनेछन् । प्रत्येक कलाकारले आफ्नो छुट्टै सङ्गीत शैली र सिर्जनात्मक पहिचानमार्फत सिरिजलाई अझ रोमाञ्चक वनाउनेछन ।

    परम्परागत शैलीभन्दा फरक रहेर नयाँ सङ्गीत प्रयोग, सिर्जनात्मक सहकार्य र स्वतन्त्र अभिव्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले यो पहल गरिएको हो । एक्स्ट्रिम इनर्जी ड्रिंकले यस सिरिजमार्फत नेपाली सङ्गीत क्षेत्रका प्रतिभालाई उजागर गर्दै स्थानीय सङ्गीत संस्कृतिको प्रवद्र्धनमा योगदान पुर्‍याउने अपेक्षा गरेको छ ।

    नेपाली मौलिकता, सिर्जनशीलता र नयाँ पुस्ताको आवाजलाई समेट्दै प्रत्येक दुई सातामा नयाँ मौलिक गीत सार्वजनिक हुनेछन्।  पहिलो सिजनमा देखिँदैछन् ९ कलाकारहरू: यावेश, एसटीम्यान, भेक, व्योमा, ब्लुज, बिजेन, फोकटोनिक्स, डोङ र क्रिजेन ! 
      
    गीत तथा भिडियोहरू हेर्नका लागि Xtreme Music Series युट्युब च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला।  
     
    #XtremeMusicSeries #XtremeEnergyDrink #NepaliMusic

    प्रकाशित मिति :आश्विन २५ २०८३ आइतवार - १८:२३:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij