२०८३ आश्विन २५ गते आइतवार
काठमाडौं । बूढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले आरुघाट–धादिङ जोड्न मोटरेबल पुल बगाएपछि बेलिब्रिज राख्ने तयारी गरिएको छ । सडक डिजिभन कार्यालय हेटौँडाबाट बेलिब्रिजको सामान ल्याउने तयारी भइरहेको गोरखा सडक योजनाले जनाएको छ ।
‘हेटौँडाबाट सामान ल्याउने तयारी भइरहेको छ,’ कार्यालय प्रमुख विनोद पुनले भने, ‘सम्भवत: भोलिसम्म सामान आउला, आएलगतै काम सुरु हुन्छ ।’
बेलिब्रिज निर्माणका लागि आजैबाट टोली फिल्डमा खटिसकेको नेपाली सेनाले जनाएको छ । सामान आए लगतै काम सुरु हुने रुद्रध्वज गणका गणपति विरोध रिजालले बताए। ‘रेक्कीका लागि टोलि गइसकेको छ, हेटौडाबाट सामान आएलगतै काम सुरु हुन्छ,’ उनले भने।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij