Logo

२०८३ आश्विन २४ गते शनिवार

२०८३ आश्विन २४ गते शनिवार

नेपाल टेलिकमले गर्‍यो इन्टरनेट जडान र प्याकेजमा छुट घोषणा

नेपाल टेलिकमले गर्‍यो इन्टरनेट जडान र प्याकेजमा छुट घोषणा


  • 372
    Shares

    नेपाल टेलिकमले गर्‍यो इन्टरनेट जडान र प्याकेजमा छुट घोषणा
    images

    काठमाडौं । नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ पर्वका अवसरमा इन्टरनेट जडानमा छुट, वार्षिक इन्टरनेट प्याकेजमा थप एक महिना सेवा तथा सहुलियत दरका मोबाइल डाटा, भ्वाइस र सन्देश प्याकेजसहितको ‘दसैँ–तिहार अफर, २०८३’ सार्वजनिक गरेको छ ।

    नयाँ फाइबर टु द होम (एफटीटीएच) इन्टरनेट जडान गर्ने ग्राहकलाई ५०० रुपैयाँ जडान शुल्क मिनाहा गरिने टेलिकमले जनाएको छ । यस्तै, १००, १५० र २०० एमबीपीएस क्षमताका नयाँ वार्षिक इन्टरनेट प्याकेज खरिद गर्ने ग्राहकले थप एक महिना सेवा पाउनेछन् ।

    यही असोज २५ देखि कात्तिक ३० गतेसम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकले जडान शुल्कमा छुट पाउने नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले जानकारी दिए ।

    वार्षिक प्याकेजअन्तर्गत ग्राहकले १२ महिनाको शुल्क तिरेर १३ महिनासम्म इन्टरनेट सेवा उपयोग गर्न सक्नेछन् । प्याकेजमा बोनसका रूपमा उपलब्ध हुने मोबाइल डाटा पनि १३ महिनासम्म प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

    भर्चुअल सेटअप बक्ससहितको प्याकेज लिने ग्राहकलाई एक हजार रुपैयाँ छुटको सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

    टेलिकमले मोबाइल सेवाका ग्राहकका निम्ति ४९९ र ६९९ रुपैयाँका दुई प्रकारका ‘फेस्टिभल अनलिमिटेड’ प्याकेज ल्याएको छ । ४९९ को ‘फेस्टिभल अनलिमिटेड’ प्याकेजमा प्रतिदिन पाँच जीबी उच्च गतिको डाटा उपलब्ध हुनेछ । उक्त डाटा सकिएपछि प्याकेजको बाँकी अवधिमा दुई एमबीपीएस गतिमा असीमित डाटा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

    ६९९ को ‘फेस्टिभल अनलिमिटेड प्रिमियम’ प्याकेजमा प्रतिदिन १० जीबी उच्च गतिको डाटा उपलब्ध हुनेछ । दैनिक डाटा सीमा सकिएपछि बाँकी अवधिमा तीन एमबीपीएस गतिमा असीमित डाटा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।

    कम्पनीले भ्वाइस तथा सन्देश सेवामा समेत सहुलियत दरका प्याकेज सार्वजनिक गरेको छ । २०० रुपैयाँमा सबै नेटवर्कमा प्रयोग गर्न मिल्ने एक हजार मिनेटको ‘जोयफुल मिनेट्स’ प्याकेज उपलब्ध हुनेछ ।

    ९९ रुपैयाँमा नेपाल टेलिकमकै नेटवर्कभित्र एक हजार एसएमएस पठाउन सकिने ‘फेस्टिभ म्यासेज’ प्याकेज खरिद गर्न सकिनेछ । यी मोबाइल प्याकेजको समयावधि ३० दिनको हुने कम्पनीले जनाएको छ ।

    मोबाइल प्याकेजमा समावेश अफरका सुविधा असोज ३० देखि कात्तिक ३० गतेसम्म प्याकेज खरिद गर्ने ग्राहकले प्राप्त गर्न सक्नेछन् । ग्राहकले आफ्नो मोबाइलबाट ८१४१५८११३ डायल गरेर वा नेपाल टेलिकमको मोबाइल एप प्रयोग गरी आफूलाई आवश्यक प्याकेज खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

    पर्वका अवसरमा ल्याइएको यस योजनाबाट नयाँ इन्टरनेट जडान तथा मोबाइल डाटा, भ्वाइस र सन्देश सेवा प्रयोग गर्ने ग्राहकलाई सहुलियत पुग्ने अपेक्षा कम्पनीले गरेको छ ।

    प्रकाशित मिति :आश्विन २४ २०८३ शनिवार - १६:०२:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij