Logo

२०८३ आश्विन २० गते मंगलवार

२०८३ आश्विन २० गते मंगलवार

पोखरामा बियरको बोतल प्रहार गरेर वृद्धको हत्या

पोखरामा बियरको बोतल प्रहार गरेर वृद्धको हत्या


  • 498
    Shares

    पोखरामा बियरको बोतल प्रहार गरेर वृद्धको हत्या
    images

    काठमाडौं । पोखराका एक युवकले बियरको बोतल प्रहार गरेर एक वृद्धको हत्या गरेका छन्। 

    पोखरा महानगरपालिका- २४ स्थित कार्कीको तगरामा सामान्य विवादका क्रममा भएको कुटपिटमा एक वृद्धको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

    स्थानीय ७२ वर्षीय पूर्णभद्र त्रिपाठीमाथि सोही स्थानका करिब ३३ वर्षीय जगत दाहालले बियरको बोतलले प्रहार गरेर हत्या गरेका हुन्। 

    बोतल प्रहारबाट त्रिपाठीको टाउकोमा गम्भीर चोट लागेको थियो। बोल्न नसक्ने अवस्थामा उनलाई उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो।

    उपचारको क्रममा चिकित्सकले सोमबार साँझ ७:२५ बजे उनलाई मृत घोषणा गरेका हुन्। 

    घटना पश्चात फरार रहेका दाहाललाई सोमबार साँझ ७:१५ बजे पामे पुल नजिकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी छ। 

    प्रकाशित मिति :आश्विन २० २०८३ मंगलवार - १०:४१:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij