Logo

२०८३ आश्विन २० गते मंगलवार

२०८३ आश्विन २० गते मंगलवार

गृहमन्त्री गुरुङको चेतावनी- गोप्य सूचना चुहाउनेलाई कानूनको कठघरामा ल्याइन्छ

गृहमन्त्री गुरुङको चेतावनी- गोप्य सूचना चुहाउनेलाई कानूनको कठघरामा ल्याइन्छ


  • 113
    Shares

    गृहमन्त्री गुरुङको चेतावनी- गोप्य सूचना चुहाउनेलाई कानूनको कठघरामा ल्याइन्छ
    images

    काठमाडौं । गृहमन्त्री सुदन गुरुङले गृह मन्त्रालय र मातहतका निकायबाट अनाधिकृत रूपमा गोप्य तथा संवेदनशील सूचना चुहाउने जो-कोहीलाई कानूनी दायरामा ल्याउने चेतावनी दिएका छन् ।

    पदीय हैसियत भुलेर अनाधिकृत व्यक्ति वा निकायलाई संवेदनशील सूचना चुहाउने प्रवृत्ति आफूले लामो समयदेखि नियालिरहेको उनको भनाइ छ ।

    राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति नभएर सार्वजनिक जिम्मेवारी भएको उल्लेख गर्दै गुरुङ भनेका छन्, ‘पदले सूचनामा पहुँच दिन्छ, तर दुरुपयोग गर्ने अधिकार दिँदैन ।’

    गृह मन्त्रालयले हिजो सूचना चुहावटको आरोपमा सशस्त्र प्रहरीका एआइझी वंशीराज दाहाललाई पदबाट निलम्बन गरेको थियो । त्यसै सन्दर्भमा गृहमन्त्रीले सामाजिक सञ्जालमा आफ्नो भनाइ राखेका हुन् ।

    मन्त्रालयमा प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीले अपराध रोकथाम, अनुसन्धान प्रक्रिया र भविष्यमा कुनै गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्ने उनले स्पष्ट पारेका छन् । यस्ता सूचनाको संवेदनशीलतालाई नजरअन्दाज गर्न नसकिने उनको भनाइ छ ।

    राज्यले सुम्पिएको गोपनीयतामाथि खेलबाड गर्नुलाई देश र सङ्गठनमाथिको ‘विश्वासघात’ को संज्ञा दिँदै उनले चेतावनी दिएका छन्, ‘जानाजान आफ्नो देश र सङ्गठनमाथि विश्वासघात गर्ने जोसुकै होस्, कुनै उन्मुक्ति पाउने छैन, कानूनको कठघरामा ल्याइनेछ ।’

    प्रकाशित मिति :आश्विन २० २०८३ मंगलवार - १०:३४:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij