२०८३ आश्विन २० गते मंगलवार
रायणगढ । चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि सञ्चालित मनकामना केबलकार आज एक दिन बन्द हुने भएको छ ।
चाडपर्वअघि नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले केबलकार सेवा एक दिनका लागि बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।
टावर तथा स्टेसनको नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले सेवा बन्द गर्न लागिएको उनको भनाइ छ । बुधबारबाट नियमित सेवा सुचारु हुने कम्पनीले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij