२०८३ आश्विन १८ गते आइतवार
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक एवं संरक्षक रेशमलाल चौधरीले नयाँ पुस्ताका नेताहरूबाट पनि देश निर्माणको अपेक्षाअनुसारको संकेत नदेखिएको बताएका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै चौधरीले विगतमा कपाल फुलेका नेताहरूले देश बिगारेको आरोप लाग्ने गरेको स्मरण गरे । तर अहिले कालो कपाल र जुंगा भएका नेताहरूबाट पनि देश बनाउने स्पष्ट संकेत नदेखिएको उनको टिप्पणी थियो ।
कांग्रेस सभापति गगन थापालाई सम्बोधन गर्दै उनले आफू थापामाथि विश्वास गर्ने व्यक्ति भएको बताए । ‘हिजो कपाल फुलेर आफूलाई युवा भन्ने नेताहरूले देश बिगारे भनिन्थ्यो, अहिले कालो कपाल भएका नेताहरूले पनि देश बनाउने छनक देखाएका छैनन्,’ उनले भने ।
यद्यपि, आधा कपाल फुलेको र गगन थापाजस्तो केही कपाल तथा दाह्री फुलेको पुस्ताले भने देश बनाउने विश्वास आफूले राखेको चौधरीले बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij