Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

जोइन सहकारीको १६औं साधारणसभा सम्पन्न, अध्यक्षमा बाबुलाल श्रेष्ठ

जोइन सहकारीको १६औं साधारणसभा सम्पन्न, अध्यक्षमा बाबुलाल श्रेष्ठ


  • 939
    Shares

    जोइन सहकारीको १६औं साधारणसभा सम्पन्न, अध्यक्षमा बाबुलाल श्रेष्ठ
    images

    काठमाडौं । जोइन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभा यही असोज १७ गते शनिवार काठमाडौंको नयाँबजारस्थित सासा ब्याङ्क्वेटमा सम्पन्न भएको छ।

    संस्थाका अध्यक्ष बाबुलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमा प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मतीले पारित हुनुका साथै लेखा समिति, ऋण उपसमिति र प्रमुख कार्यकारी अधिकृतको तर्फबाट प्रस्तुत प्रतिवेदन छलफलसहित पारित गरिएको छ ।

    IMG_6830.JPG

    संचालक समितिको पदाबधि समाप्त भएकोले प्रमुख निर्वाचन अधिकृत हरीराज थपलियाले संचालन गरेको निर्वाचनबाट संस्थाको अध्यक्ष बाबुलाल श्रेष्ठकै नेतृत्वमा संचालक समिति र लेखा समिति चयन भएको छ ।

    उपाध्यक्ष दिपा कुमारी श्रेष्ठ, सचिव गोपाल श्रेष्ठ र कोषाध्यक्ष रामिला श्रेष्ठ रहेका छन्। सदस्यहरूमा ध्रुवकुमार श्रेष्ठ, अशोककुमार श्रेष्ठ, इन्जिनियर नृपेन्द्रकुमार श्रेष्ठ र गौरीशंकर चलाउने रहेका छन्।

    त्यस्तै, लेखा समितिको संयोजकमा चुडाप्रसाद बस्ताकोटी तथा सदस्यहरुमा गजबहादुर बराल र केशव पौडेल रहेका छन्।

    IMG_6966.JPG

    प्रकाशित मिति :आश्विन १८ २०८३ आइतवार - १६:३९:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij