Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

कांग्रेसलाई कुन-कुन विदेशी पार्टी र नेताले दिए शुभकामना ?

कांग्रेसलाई कुन-कुन विदेशी पार्टी र नेताले दिए शुभकामना ?


  • 638
    Shares

    कांग्रेसलाई कुन-कुन विदेशी पार्टी र नेताले दिए शुभकामना ?
    images

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई विभिन्न देशका राजनीतिक दल तथा नेताहरूले शुभकामना दिएका छन्।

    कांग्रेसको महाधिवेशनलाई भारतको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीन र प्रमुख प्रतिपक्षी दल इन्डियन नेसनल कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खर्गेले शुभकामना दिएका छन्।

    त्यस्तै, चिनियाँ कम्युनिस्ट पार्टी, सोसलिस्ट इन्टरनेसनलका अध्यक्ष तथा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले पनि महाधिवेशन सफलताको शुभकामना दिएका छन्।

    एसिया तथा युरोपका विभिन्न राजनीतिक दल र संस्थाबाट पनि कांग्रेसलाई शुभकामना प्राप्त भएको छ। इन्टरनेसनल काउन्सिल अफ एसियन पोलिटिकल पार्टीज ९आईक्याप० स्ट्यान्डिङ कमिटी, बंगलादेशका प्रधानमन्त्री तारिक रहमान तथा बेलायतको लेबर पार्टीले कांग्रेसको १५औँ महाधिवेशनको सफलताको शुभकामना दिएका छन्।

    कांग्रेसले ‘परम्पराको सम्मान र परिवर्तनको संकल्पस् समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित आइतबारदेखि १५औँ महाधिवेशन सुरु गरेको हो।
    महाधिवेशन असोज २२ गतेसम्म चल्नेछ।

    प्रकाशित मिति :आश्विन १८ २०८३ आइतवार - १६:२७:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij