२०८३ आश्विन १८ गते आइतवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लुम्बिनी प्रदेशमा संगठन विस्तार, जनसम्पर्क र आगामी निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिने भएको छ।
कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरू तथा दाङका तीनवटै निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्यको सहभागिता रहने बताइएको छ।
खनालका अनुसार अभियानको पहिलो चरणमा संगठनलाई वडा तथा टोल तहसम्म विस्तार गर्ने, स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गर्ने र स्थानीयस्तरका समस्या तथा आवश्यकतालाई राजनीतिक एजेन्डासँग जोड्ने काम हुनेछ। त्यसपछि स्थानीय तह र निर्वाचन क्षेत्र केन्द्रित गतिविधिलाई थप व्यवस्थित गरिनेछ।
रास्वपाले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशभर संगठन विस्तार र उम्मेदवार छनोटसम्बन्धी तयारी अघि बढाइरहेको छ। पार्टीले ७७ जिल्लाका ७५३ वटै पालिकामा सांसद तथा केन्द्रीय सदस्यलाई परिचालन गर्ने गरी अभियान सञ्चालन गर्ने जनाएको छ। अभियानमा स्थानीय सरकारका कामकारबाही, पार्टीका नीतिगत पहल तथा आगामी निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियाबारे नागरिकसँग संवाद गर्ने विषय समेटिएको छ।
दाङमा नयाँ नेतृत्व, संगठन विस्तारको जिम्मेवारी
रास्वपा दाङको प्रथम जिल्ला अधिवेशनबाट ३४ वर्षीय किरण खनाल जिल्ला सभापतिमा निर्वाचित भएका हुन्। निर्वाचनमा खनालले १ सय ९६ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी विनय घिमिरेले १२४ मत पाएका थिए।
दाङका तीनवटै निर्वाचन क्षेत्रमा क्षेत्रीय नेतृत्वसमेत चयन भइसकेको छ। निर्वाचन संयोजकका अनुसार क्षेत्र नम्बर १ मा मोहन आचार्य, क्षेत्र नम्बर २ मा किरण खड्का र क्षेत्र नम्बर ३ मा लाजुराम चौधरी चयन भएका छन्।
नयाँ जिल्ला नेतृत्व चयन भएसँगै दाङमा संगठन विस्तार, पार्टी सुदृढीकरण र जनसम्बन्ध विस्तारलाई प्राथमिकतामा राखिएको छ। अब प्रदेश राजधानीबाट सुरु हुने अभियानलाई जिल्लाका पालिका, वडा र टोलसम्म पुर्याउने तयारी छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij