२०८३ आश्विन १८ गते आइतवार
काठमाडौं । नेपाली कांग्रेसका नेता गोविन्द भट्टराई १५ औँ महाधिवेशनमा उप सभापति पदमा चुनाव लड्ने भएका छन् ।
नेविसंघका पूर्व केन्द्रीय सदस्य तथा पूर्व पार्टी केन्द्रीय सदस्य समेत रहेका भट्टराईले सबैबाट उप सभापति पदमा लड्न सुझाव आएकाले उम्मेदवारी दिने बताए ।
देश तथा विदेशबाट समेत पार्टीलाई बलियो बनाएर एकताबद्ध गर्न तपाईंको नेतृत्व आवश्यक छ भनेर साथीहरूबाट सुझाव आएको छ, उनले भने, मैले त्यसलाई सम्मान गरेर उम्मेदवारी दिने निर्णय गरेको छु ।
इमान्दार र नैतिकवान् नेताको छवि बनाएका भट्टराईले नेविसंघको अध्यक्ष रहँदा भ्रष्टाचारविरुद्ध अभियानको नेतृत्व गरेका थिए । उनको नेतृत्वमा भएको स्ववियु निर्वाचनमा ८० प्रतिशत स्ववियुमा नेविसंघको पक्षमा नतिजा आएको थियो ।
अहिले प्रियतावादीको लोकरिझ्याईं र पुरातनवादी सोच दुवै पार्टी र देशका लागि घातक भन्दै भट्टराईले कांग्रेसलाई आम मान्छेको पार्टीका रुपमा पुर्नपरिभाषित गराउनु आवश्यक रहेको र आफ्नो शक्ति त्यसैमा लगाउने बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij