Logo

२०८३ आश्विन १५ गते बिहिवार

२०८३ आश्विन १५ गते बिहिवार

हिम्लुङ हिमपहिरोमा थप चार जनाको शव फेला, मृत्यु हुनेको संख्या १५ पुग्यो

हिम्लुङ हिमपहिरोमा थप चार जनाको शव फेला, मृत्यु हुनेको संख्या १५ पुग्यो


  • 281
    Shares

    हिम्लुङ हिमपहिरोमा थप चार जनाको शव फेला, मृत्यु हुनेको संख्या १५ पुग्यो
    images

    मनाङ ।  मनाङको हिम्लुङ हिमालमा बिहीबार अपराह्न थप चार जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या १५ पुगेको छ। यसअघि आजै चार शव फेला परेका थिए। 

    हिमपहिरोमा हराइरहेका आरोहीको खोज तथा उद्धारमा खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण तथा पर्वतारोहण गाइड संघको टोलीले बिहीबार दिउँसो र अपराह्न गरी आठ शव फेला पारेको हो। उद्धार टोली प्रमुख पासाङ काजी शेर्पाले आज आठ शव फेला परेको जानकारी दिएका छन्। 

    यसअघि बुधबार तीन जनाको शव भेटिएको थियो। खोज तथा उद्धार टोलीले आश गुरुङ, सुरज राई र पदम मगरको शव फेला परेको थियो।  त्यस्तै, आइतबार र सोमबार चार जनाको शव भेटिएको थियो। वीरेन्द्र गुरुङ, घनश्याम राई, छेवी भोटे र पासाङ भोटेको शव भेटिएको उद्धार टोलीले जनाएको छ। 

    असोज ११ गते मनाङको नार्फाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो गएको थियो। हिमपहिरोमा १६ जना हराएका थिए भने ११ जना दोस्रो दिन सम्पर्कमा आएका थिए। 

    हिमपहिरोमा हराएकामध्ये बिहीबार अपराह्नसम्म १५ जनाको शव भेटिएको छ। अझै एक जना हराइरहेका छन्। हराएका आरोहीको खोजी जारी रहेको संघले जनाएको छ। 

    आरोही पासाङ काजी शेर्पाको नेतृत्वमा ११ जनाको टोली खोज तथा उद्धारमा खटिएको छ। खोज तथा उद्धार टोलीमा विक्रम कार्की, दावा जंबु शेर्पा, निगिमा टासी शेर्पा, बलराम गोम्बू, काजी शेर्पा, दा नोर्बु शेर्पा, दावा संगे शेर्पा, टार्के शेर्पा र दावा तेन्जी शेर्पा रहेका छन्। 

    उनीहरू हिमपहिरो गएकै दिन असोज ११ गतेदेखि खोज तथा उद्धारमा खटिएका थिए। मौसम खराबीका कारण खोज तथा उद्धारमा कठिनाइ भएको टोली प्रमुख शेर्पाले जनाएका छन्। 

    हिम्लुङ हिमपहिरोबाट निकालिएका आठ शवमध्ये दुई वटा शव चामेस्थित अस्पतालमा ल्याइएको छ भने ६ शव फूगाउँसम्म ल्याइएको नेपाली सेनाले जनाएको छ। नेपाली सेनाको हेलिकप्टबार शव ल्याइएका हुन्।

    प्रकाशित मिति :आश्विन १५ २०८३ बिहिवार - १८:४१:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij