Logo

२०८३ आश्विन १५ गते बिहिवार

२०८३ आश्विन १५ गते बिहिवार

सवारी दर्ताको समस्या समाधान गर्न नाडा र काठमाडौं प्रशासनबीच छलफल

सवारी दर्ताको समस्या समाधान गर्न नाडा र काठमाडौं प्रशासनबीच छलफल


  • 71
    Shares

    सवारी दर्ताको समस्या समाधान गर्न नाडा र काठमाडौं प्रशासनबीच छलफल
    images

    काठमाडौं । सवारी साधन दर्ताका क्रममा देखिएका समस्याबारे नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र काठमाडौं जिल्ला प्रशासन कार्यालयबीच छलफल भएको छ ।

    आज बिहिवार नाडाका महासचिव मिलनबाबु मल्लको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग भेट गरी सवारी साधन दर्तामा देखिएका समस्या र समाधानका उपायबारे छलफल गरेको हो ।

    छलफलका क्रममा महासचिव मल्लले चाडपर्व नजिकिँदै जाँदा यातायात व्यवस्था कार्यालयमा सवारी दर्ताको चाप बढेको र सीमित जनशक्तिका कारण सेवाग्राही तथा कम्पनीका प्रतिनिधिहरूको काम समयमै सम्पन्न गर्न कठिनाइ भइरहेको बताए । कम्पनीका प्रतिनिधिले आवश्यक कागजात पेश गरी सहजीकरण गरे पनि कार्यालयको नियमित प्रक्रिया र कर्मचारीको कार्यचापका कारण दर्ता प्रक्रियामा अपेक्षाकृत बढी समय लाग्ने गरेको उनले बताए ।

    नाडाका सचिव तथा टु ह्विलर समितिका सभापति मेघराज पौडेलले असोज ८ गते यातायात व्यवस्था कार्यालयका प्रमुख राजन पोखरेलसँग पनि नाडा प्रतिनिधिले भेट गरी समस्या समाधानका विषयमा छलफल गरिसकेको जानकारी दिए ।

    छलफलपछि प्रमुख जिल्ला अधिकारी पौडेलले सम्बन्धित यातायात व्यवस्था कार्यालयसँग आवश्यक समन्वय र छलफल गरी सवारी दर्तामा देखिएका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

    भेटमा नाडाका केन्द्रीय कार्यसमिति सदस्य विमल साह तथा नाडा टु ह्विलर समितिका सदस्य योगेन गुरुङ र दीपक रौनियारको समेत उपस्थिति थियो ।

    प्रकाशित मिति :आश्विन १५ २०८३ बिहिवार - १८:३७:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij