Logo

२०८३ आश्विन १५ गते बिहिवार

२०८३ आश्विन १५ गते बिहिवार

सरकारले ल्यायो महिनावारी बिदाको प्रस्ताव

सरकारले ल्यायो महिनावारी बिदाको प्रस्ताव


  • 253
    Shares

    सरकारले ल्यायो महिनावारी बिदाको प्रस्ताव
    images

    काठमाडौं । सरकारले महिला कर्मचारीलाई महिनावारीका बेला बिदा दिने व्यवस्था प्रस्ताव गरेको छ । प्रतिनिधि सभामा दर्ता भएको ‘सङ्घीय निजामती सेवा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा यस्तो प्रावधान राखिएको हो ।

    महिनावारीका क्रममा पेट दुख्ने, अत्यधिक रक्तस्राव, थकानलगायतका समस्या देखिन सक्ने भएकाले काममा असर पर्ने अवस्थालाई पछिल्लो समय श्रम अधिकार र कार्यस्थलको समानतासँग जोडेर बहस गर्न थालिएको छ । यही सन्दर्भमा सरकारले निजामती सेवामा महिनावारी बिदाको प्रस्ताव गरेको हो ।

    विश्वका विभिन्न देशमा महिनावारीका बेला विशेष बिदाको व्यवस्था छ । कतिपय देशमा तलबसहित बिदा दिने व्यवस्था छ भने कतै बेतलबी वा वर्षमा निश्चित दिनसम्मको सुविधा दिइन्छ । केही ठाउँमा चिकित्सकीय प्रमाणपत्रसमेत आवश्यक पर्ने व्यवस्था छ ।

    सन् २०२६ सम्म स्पेन युरोपेली सङ्घमा महिनावारीसम्बन्धी विशेष श्रम व्यवस्था लागू गर्ने एक मात्र सदस्य राष्ट्र हो । एसियामा जापान, दक्षिण कोरिया, इन्डोनेसिया र ताइवानले विभिन्न स्वरूपमा यस्तो व्यवस्था गरेका छन् भने भारतका केही राज्य र चीनका केही प्रान्तले पनि यस्ता प्रबन्ध अघि बढाएका छन् ।

    प्रकाशित मिति :आश्विन १५ २०८३ बिहिवार - १६:३०:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij