२०८३ आश्विन १५ गते बिहिवार
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद सुरेशकुमार आलेमगरले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा पक्राउ गर्नुको कारणबारे राष्ट्रिय मानव अधिकार आयोगमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काले दिएको लिखित बयान सार्वजनिक गर्न माग गरेका छन् । राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।
उनले पूर्वप्रधानन्यायाधीश जस्तो व्यक्ति पक्राउ पर्नुको कारण थाहा पाउनु नेपाली जनता र सार्वभौम संसदको अधिकार भएको बताए । यद्यपि पूर्वप्रधानन्यायाधीश जबरा समेत दुधले नुहाएको व्यक्ति नभएको टिप्पणी गरेका छन् । जबराको न्यायाधीशका रूपमा कार्यकालमा भएका केही फैसला विवादित रहेको, प्रधानन्यायाधीश हुँदा ठूला मुद्दामा सफाइ दिएको तथा उनविरुद्ध सर्वोच्च अदालतका न्यायाधीशले आन्दोलन गरेको तथा नेपाल बार एशोसिएशनले उनका इजलास बहिष्कार गरेको उल्लेख गरे ।
उनले जबराको पक्राउको विषयमा आफूहरूको चिन्ता व्यक्ति विशेषभन्दा पनि यसको नजिर र त्यसले पार्न सक्ने प्रभावप्रति रहेको उनको भनाइ छ । उनले पूर्वप्रधानन्यायाधीशमाथि यस्तो अवस्था आउनसक्छ भने सर्वसाधारण नागरिकको अवस्था के होला रु भन्दै प्रश्न उठाएका छन् ।
उनले भने, ‘राष्ट्रिय मानव अधिकार आयोगमा एसएसपी सन्तोष खड्काले दिएको लिखित बयान जान्ने अधिकार नेपाली जनतालाई छ, हामीलाई छ, सार्वभौम यो राष्ट्रिय सभालाई छ । त्यसैले उहाँले दिएको लिखित बयान सार्वजनिक गरियोस् भन्ने कुरा फेरि पनि म जोडदार रुपमा राख्न चाहान्छु । सम्माननीय अध्यक्ष महोदय, हुन त चोलेन्द्र शमशेर जबरा पनि कुनै दुधले नुहाएका व्यक्ति त होइनन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij