Logo

२०८३ आश्विन १५ गते बिहिवार

२०८३ आश्विन १५ गते बिहिवार

मनाङ हिमलुङमा थप ४ शव फेला, ज्यान गुमाउनेको संख्या पुग्यो ११

मनाङ हिमलुङमा थप ४ शव फेला, ज्यान गुमाउनेको संख्या पुग्यो ११


  • 183
    Shares

    मनाङ हिमलुङमा थप ४ शव फेला, ज्यान गुमाउनेको संख्या पुग्यो ११
    images

    काठमाडौं । मनाङ हिमलुङ हिमाल हिमपहिरोमा बेपत्तामध्ये थप चार जनाको शव फेला परेको छ ।

    हराइरहेकाहरूको खोजीमा खटिएको नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन टोलीले आज चार शव फेला पारेको जनाएको छ । आज पासाङकाजी शेर्पा नेतृत्वको अनुभवी माउन्टेन गाइड टोलीले खोजी तथा उद्धारको काम जारी  राखेको थियो ।

    एसोसिएसनले शेर्पालाई उद्धृृत गर्दै चार शव फेला परेको जनाएको छ । यससँगै हिमलुङ हिमपहिरोमा ज्यान गुमाउने नेपालीको संख्या ११ पुगेको छ । ९ असोजदेखि प्रतिकूल बनेको मौसमले यस हिमालमा हिम पहिरो निम्त्याएको थियो ।

    हिमलुङको आधार शिविरमा आएको हिमपहिरोमा कुल १६ जना बेपत्ता भएकोमा ११ जनाको शव भेटिएको छ । अझै पाँच जना बेपत्ता छन् ।

    प्रकाशित मिति :आश्विन १५ २०८३ बिहिवार - १४:३६:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij