Logo

२०८३ आश्विन १५ गते बिहिवार

२०८३ आश्विन १५ गते बिहिवार

भ्रष्टाचारदेखि युवा पलायनसम्म, सरकारमाथि राईको प्रश्न

भ्रष्टाचारदेखि युवा पलायनसम्म, सरकारमाथि राईको प्रश्न


  • 365
    Shares

    भ्रष्टाचारदेखि युवा पलायनसम्म, सरकारमाथि राईको प्रश्न
    images

    काठमाडौं । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले सरकारको कार्यसम्पादनप्रति असन्तुष्टि व्यक्त गर्दै जनताका जल्दाबल्दा मुद्दाहरूमा परिणाममुखी काम गर्न चुनौती दिएका छन् । 

    बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले रेमिट्यान्सले धानेको अर्थतन्त्र, युवा पलायन, बढ्दो महँगी र भ्रष्टाचार जस्ता विषयमा सरकारले बेवास्ता गरेको भन्दै आलोचना गरेका हुन् । प्रमुख सचेतक राईले सरकारको सुशासनको प्रतिवद्धता केवल नारामा मात्र सिमित रहेको आरोप लगाएका छन् । राईले निर्वाचन क्षेत्रका विकास निर्माणका काम अलपत्र परेको र सरकारी विद्यालयको गुणस्तर खस्किएको भन्दै शिक्षा क्षेत्रको बेथितिप्रति ध्यानाकर्षण गराएका छन्। 

    भ्रष्टाचारका पुराना फाइल खोल्ने सरकारको दाबीमाथि उनले प्रश्न गरेका छन् । ‘गिरिबन्धु टी–स्टेट होस् वा ह्वाइट बडी काण्ड, तपाईंहरूले ठूलो छाती भएको दाबी गर्नुहुन्थ्यो, के कुराले रोक्यो ? पपुलारिटीका लागि मात्र बोल्ने हो कि ?’ भन्दै उनले सरकारलाई दुईतिहाइको नजिक रहेको शक्ति प्रयोग गरी भ्रष्टाचारीलाई कारबाही गर्न चुनौती दिएका छन् । 

    उनले सरकारलाई स्मरण गराउँदै भने, ‘हामीले पटक–पटक उठाएको फ्रि भिसा र फ्रि टिकटको विषय होस् वा किसानका समस्या, सरकारले केवल टालटुले काम मात्र गरेको छ । आफैँले खनेको खाल्डोमा आफैँ डुब्ने काम नहोस् । आन्दोलनकारीलाई जेल हालेर परिवर्तन आउँदैन ।’

     

    प्रकाशित मिति :आश्विन १५ २०८३ बिहिवार - १३:४२:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij