२०८३ आश्विन १५ गते बिहिवार
काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ आधार शिविरमा हिमपहिरोमा परी बेपत्ता भएका गोरखाका दुई जनाको शव भेटिएको छ।
गत आइतबार हिमपहिरोमा बेपत्ता भएका धार्चे गाउँपालिका–२ केरौंजाका ३२ वर्षीय वीरेन्द्र गुरुङ र ४५ वर्षीय आशबहादुर गुरुङको शव भेटिएको हो। आफन्त अर्जुन गुरुङका अनुसार वीरेन्द्रको शव सोमबार र आशबहादुरको शव बुधबार दिउँसो भेटिएको हो।
वीरेन्द्रको शव काठमाडौंस्थित शिक्षण अस्पतालमा पोस्टमार्टम गरी गाउँ ल्याउने तयारी भइरहेको छ भने आशबहादुरको शव मनाङमै रहेको जनाइएको छ।
वीरेन्द्र हिमालयन होलिडेज कम्पनीमा बेसक्याम्प सहयोगीका रूपमा र आशबहादुर इम्याजिन नेपाल एक्स्पिडिसन प्रालिबाट गाइड तथा कुकको कामका लागि हिमलुङ आधार शिविर पुगेका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij