Logo

२०८३ आश्विन १५ गते बिहिवार

२०८३ आश्विन १५ गते बिहिवार

आज (बिहीबार) कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

आज (बिहीबार) कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल


  • 477
    Shares

    आज (बिहीबार) कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
    images

    आजको पञ्चाङ्ग

    वि.सं.२०८३ साल असोज १५ गते । बिहीबार । इस्वी सन् २०२६ अक्टोबर १ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । आश्विन कृष्णपक्ष । तिथि–पञ्चमी, दिउँसो २ बजेर ३६ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–कृतीका, बिहान ८ बजेर ५७ मिनेट उप्रान्त रोहिणी । योग–सिद्धि, रातको १ बजेर ५ मिनेट उप्रान्त व्यातिपात । करण–तैतिल, दिउँसो २ बजेर ३६ मिनेट उप्रान्त गर, रातको १ बजेर २८ मिनेट उप्रान्त वणिज। आनन्दादिमा–लुम्ब योग । चन्द्रराशि–वृष । पञ्चमी श्राद्ध । षष्ठी श्राद्ध ।

    काठमाडौँमा सूर्योदय बिहान ५ बजेर ५७ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ४८ मिनेट । दिनमान २९ घडी ४० पला ।

    आजको बार बेला ।

    बिहान ५ बजेर ५७ मिनेटसम्म शुभ बेला ।

    • बिहान ५ बजेर ५८ मिनेटदेखि बिहान ७ बजेर २६ मिनेटसम्म रोग बेला ।
    • बिहान ७ बजेर २७ मिनेटदेखि बिहान ८ बजेर ५५ मिनेटसम्म उद्वेग बेला ।
    • बिहान ८ बजेर ५६ मिनेटदेखि बिहान १० बजेर २४ मिनेटसम्म चर बेला ।
    • बिहान १० बजेर २५ मिनेटदेखि बिहान ११ बजेर ५३ मिनेटसम्म लाभ बेला ।
    • बिहान ११ बजेर ५४ मिनेटदेखि दिउँसो १ बजेर २२ मिनेटसम्म अमृत बेला ।
    • दिउँसो १ बजेर २३ मिनेटदेखि दिउँसो २ बजेर ५१ मिनेटसम्म काल बेला ।
    • दिउँसो २ बजेर ५२ मिनेटदेखि बेलुकी ४ बजेर २० मिनेटसम्म शुभ बेला ।
    • बेलुकी ४ बजेर २१ मिनेटदेखि बेलुकी ७ बजेर २० मिनेटसम्म अमृत बेला ।

    नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

    राहुकाल

    दिउँसो १ बजेर २१ मिनेटदेखि दिउँसो २ बजेर ५० मिनेटसम्म राहुकाल रहनेछ ।

    नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।

    ब्रहा मुहूर्त

    बिहान ४ बजेर २१ मिनेटदेखि बिहान ५ बजेर ९ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

    आजको राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

     दिन राम्रो छ। श्रमको फल अरुले लिन सक्छन्। स्वास्थ्य र शिक्षामा अघि बढ्नुहोला। स्वदेशीभन्दा विदेशी रमझमले मन आकर्षित गरेको छ। लगानी गरेको भए फाइदा हुनेछ।

    वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

    दिन सामान्य छ। खर्चालु दिन छ । जोगाउने प्रयास गर्नुहोला । राजनीतिक र सामाजिक क्षेत्रमा सेवाका अवसर मिल्नेछन्। बन्धुसँग भने सचेत भएर काम गर्नुहोला।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

    दिन राम्रो छ। दाजुभाइसँग गरेको कार्यएकताले तपाईंलाई फाइदा हुनेछ। स्वास्थ्य र शिक्षामा गरेको लगानीबाट आम्दानी हुनेछ। धार्मिक क्षेत्रमा रुची घट्नेछ। पारिवारिक मेलमिलाप हुनेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    जोगिएर काम गर्नुपर्ने दिन छ । थोरै बोल्नुहोला, धेरै  बोल्नाले बन्न लागेको काममा अवरोध आउनेछ । आज गोपनीयता कायम गर्नु फाइदा हुनेछ ।

    सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

     दिन राम्रो छ। स्वास्थ्य, शिक्षा र रोजगारीको क्षेत्रमा महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ। व्यापार व्यवसायमा गरेको लगानीबाट फाइदा हुनेछ। गोपनीयता कायम गर्नुपर्ने दिन छ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

    दिन सामान्य छ। स्वास्थ्यमा समस्या आउन सक्छ। शिक्षा र वैदेशिक रोजगारीमा भने श्रमको मूल्याङ्कन हुनेछ। पारिवारिक मनमुटाव हुनेछ । विरोधीसँग सचेत भएर काम गर्नु पर्ने छ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    दिन राम्रो छ। शिक्षा र स्वास्थ्यमा लगानी गर्नुहोला। सामाजिक संघसंस्थामा तपाईंको मानसम्मान बढ्नेछ। उपल्लो स्थानमा भएका व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    दिन राम्रो छ। मानसम्मान प्राप्त हुनेछ । तपाईंको प्रशंसा गर्ने थपिनेछन्। कृषिमा गरेको लगानीबाट नाफा हुनेछ।  परिवारको साथ लिएर अघि बढ्नु उचित हुनेछ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  

    दिन राम्रो छ। घुमघाम तय हुनसक्छ। धर्मकर्ममा रमाउने दिन छ। बौद्धिक व्यक्तिसँग परामर्श गरेर गरेको कामबाट फाइदा हुनेछ। स्वास्थ्य, शिक्षामा सुधारका संकेत देखिनेछ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। दाजुभाइसँगको सहकार्यमा तपाईंलाई फाइदा हुनेछ। शत्रु बढ्नेछन्। स्वास्थ्यमा समस्या देखिने छ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    दिन राम्रो छ। घुमघाम तय हुनेछ। पुरानो साथीभाइसँगको भेटले मन प्रशन्न हुनेछ। स्वास्थ्य र शिक्षामा सुधारका संकेत देखिन्छन्। परिवारको सहयोगमा काम गर्नुहोला।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

    शुभ दिन छ। सहयोगी साथी बढ्नेछन्। शिक्षा र वैदेशिक क्षेत्रमा सुधारका संकेत देखिनेछन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

    तपाईँको दिन शुभ रहोस् ।

    प्रकाशित मिति :आश्विन १५ २०८३ बिहिवार - ०७:५०:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij