Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

सुनको मूल्यमा आज पनि भारी गिरावट, चाँदी पनि सस्तिँदै

सुनको मूल्यमा आज पनि भारी गिरावट, चाँदी पनि सस्तिँदै


  • 519
    Shares

    सुनको मूल्यमा आज पनि भारी गिरावट, चाँदी पनि सस्तिँदै
    images

    काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ३ हजार ८०० रुपैयाँले घटेर २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार मंगलबार सुन १० ग्रामको २ लाख ४९ हजार ५५ रुपैयाँ कायम भएको छ ।  

    साथै, चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला ११५ रुपैयाँले घटेर ४ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ५१० रुपैयाँमा कारोबार भएको थियो ।

    मंगलबार चाँदीको १० ग्राम मूल्य ३ हजार ७६८ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।  

     

    प्रकाशित मिति :आश्विन १३ २०८३ मंगलवार - ११:३०:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij