Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो तोलाको ?

सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो तोलाको ?


  • 708
    Shares

    सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो तोलाको ?
    images

    काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले घटेको हो । आइतबार प्रतितोला २ लाख ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन सोमबार घटेर २ लाख ९४ हजार ३०० रुपैयाँमा झरेको छ ।

    साथै, सोमबार १० ग्राम सुनको मूल्य २ लाख ५२ हजार ३१५ रुपैयाँ कायम भएको छ । आइतबार १० ग्राम सुन २ लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदीको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला ४ हजार ६५५ रुपैयाँ रहेको चाँदी सोमबार १४५ रुपैयाँले घटेर ४ हजार ५१० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

    त्यस्तै, १० ग्राम चाँदीको मूल्य सोमबार ३ हजार ८६७ रुपैयाँ कायम भएको छ । आइतबार यसको मूल्य ३ हजार ९९० रुपैयाँ ५० पैसा थियो ।

     

     

    प्रकाशित मिति :आश्विन १२ २०८३ सोमवार - ११:१२:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij