Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

इसेवाको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त

इसेवाको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त


  • 729
    Shares

    इसेवाको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त
    images

    काठमाडौं । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत ९सीईओ० मा निरज शर्मा नियुक्त भएका छन्। 

    इसेवा सञ्चालक समितिको गत भदौ ३० गते बसेको बैठकले सोमबारदेखि लागू हुने गरी शर्मालाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो। निर्णयअनुसार शर्माले आजैदेखि आफ्नो कार्यभार सम्हालेका छन्।

    बैंकिङ तथा वित्तीय क्षेत्रमा २५ वर्षभन्दा बढीको नेतृत्वदायी अनुभव भएका शर्मा ट्रान्जेक्सन बैंकिङ, कार्ड प्रणाली, डिजिटल रूपान्तरण तथा रिटेल बैंकिङ क्षेत्रका अनुभवी हुन्।  शर्माको अनुभव र नेतृत्व क्षमताले इसेवाको आगामी यात्रालाई थप सुदृढ बनाउने, विगतका उपलब्धिलाई निरन्तरता दिने तथा डिजिटल वित्तीय सेवाको विकाससँगै कम्पनीलाई अझ बलियो बनाउने विश्वास सञ्चालक समितिले लिएको छ।

    यसैबीच, इसेवाका निवर्तमान प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा भएको छ। खड्काको कार्यकालमा इसेवामा दर्ता हुने प्रयोगकर्ताको सङ्ख्या १ करोड ४० लाख र मर्चेन्टको सङ्ख्या ६ लाख नाघेको छ। उनको व्यवस्थापकीय नेतृत्वमा कम्पनीले सेवा, पहुँच तथा डिजिटल वित्तीय सेवाको दायरा उल्लेख्य रूपमा विस्तार गरेको थियो।

     

    प्रकाशित मिति :आश्विन १२ २०८३ सोमवार - ११:०१:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij