२०८३ आश्विन १३ गते मंगलवार
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार सुन प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। आइतबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको हो। महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ५६ हजार ६०० रुपैयाँ निर्धारण भएको छ।
साथै, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला ४ हजार ६२० रुपैयाँ रहेको चाँदी आइतबार ४ हजार ६५५ रुपैयाँ पुगेको छ। १० ग्राम चाँदीको मूल्य ३ हजार ९९० रुपैयाँ ५० पैसा निर्धारण भएको महासंघले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij