Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

शेयर बजारमा भारी अंकको गिरावट, १५ अर्ब ४८ करोडको कारोबार

शेयर बजारमा भारी अंकको गिरावट, १५ अर्ब ४८ करोडको कारोबार


  • 8.2K
    Shares

    शेयर बजारमा भारी अंकको गिरावट, १५ अर्ब ४८ करोडको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बुधबार भारी अंकको गिरावट आएको छ । हिजो मंगलबार शेयर बजारमा सामान्य अंकको गिरावट आएको थियो । 

    आज नेप्से ५२.३९ अंकले घटेर दुई हजार ९ सय ६९ दशमलब ७२ विन्दुमा थामिएको छ । त्यस्तै, आज १५ अर्ब ४८ करोड ४४ लाख बराबरको कारोबार भएको छ । 

    नेप्सेका अनुसार आज एउटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीमा सिईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेका छ । यस कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।     

    त्यस्तै, आज धेरैजसो कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल रि–इन्स्योरेन्स कम्पनीको भएको छ ।    

    प्रकाशित मिति :आषाढ २ २०७८ बुधवार - १५:१३:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij