Logo

२०८३ आश्विन ८ गते बिहिवार

२०८३ आश्विन ८ गते बिहिवार

आज २० अर्ब खिच्दै राष्ट्र बैंक

आज २० अर्ब खिच्दै राष्ट्र बैंक


  • 428
    Shares

    आज २० अर्ब खिच्दै राष्ट्र बैंक
    images

    काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज पैसा तान्ने भएको छ। केन्द्रीय बैंकले आज असोज ८ गते फेरि निक्षेप संकलनबाट बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तान्ने भएको हो।

    आज अपराह्न ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल हुनेछ। निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने ब्याजदरमा पनि बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। 

    निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।  निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

    यो ३२ दिने निक्षेप संकलन उपकरणको यही कात्तिक ९ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

     

     

    प्रकाशित मिति :आश्विन ८ २०८३ बिहिवार - ११:०४:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij