Logo

२०८३ आश्विन ७ गते बुधवार

२०८३ आश्विन ७ गते बुधवार

हितेन्द्रदेव शाक्यको रिटमा सर्वोच्च अदालतद्वारा कारण देखाउ आदेश

हितेन्द्रदेव शाक्यको रिटमा सर्वोच्च अदालतद्वारा कारण देखाउ आदेश


  • 414
    Shares

    हितेन्द्रदेव शाक्यको रिटमा सर्वोच्च अदालतद्वारा कारण देखाउ आदेश
    images

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई साविकको पदमा बहाल गर्न माग गर्दै दायर भएको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

    बुधबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा झिकाएको हो ।

    मन्त्रिपरिषद्को २०८१ चैत ११ गतेको निर्णयअनुसार प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका शाक्यलाई सरकारले २०८२ असोज ५ गते पदबाट हटाएको थियो । सोविरुद्ध उनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले २०८२ मङ्सिर २२ गते सरकारको निर्णय बदर गरी उनलाई पुनः बहाल गर्न परमादेश जारी गरेको थियो ।

    अदालतको आदेशबाट कामकाजमा फर्केका शाक्य त्यसपछि सरकारद्वारा ल्याइएको ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ का कारण पुनः पदमुक्त भएका थिए । बालेन शाह नेतृत्वको सरकारले जारी गरेको सोही अध्यादेशको व्यवस्थाअनुसार गत वैशाख १९ गतेदेखि लागू हुने गरी उनलाई स्वतः पदमुक्त गरिएको थियो ।

     

    प्रकाशित मिति :आश्विन ७ २०८३ बुधवार - १३:२७:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij