२०८३ आश्विन ७ गते बुधवार
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका प्रस्थान गरेको जानकारी संसदलाई गराइएको छ ।
प्रधानमन्त्रीको अनुपस्थितिमा उनले गर्दै आएको दैनिक प्रशासनिक कार्यहरू अब अर्थमन्त्री डा। स्वर्णम वाग्लेले सम्हाल्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलले तोकेको प्रतिनिधि सभाको बुधवारको बैठकमा जानकारी गराइएको हो ।
सभाको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गर्दै प्रधानमन्त्रीको अनुपस्थितिमा गरिने कामकारबाहीबारे जानकारी गराइएको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij