Logo

२०८३ आश्विन ७ गते बुधवार

२०८३ आश्विन ७ गते बुधवार

नेकपा सांसदको प्रश्नः सामाजिक सञ्जालमा पोस्ट गर्दैमा मात्र देश बन्छ र ?

नेकपा सांसदको प्रश्नः सामाजिक सञ्जालमा पोस्ट गर्दैमा मात्र देश बन्छ र ?


  • 414
    Shares

    नेकपा सांसदको प्रश्नः सामाजिक सञ्जालमा पोस्ट गर्दैमा मात्र देश बन्छ र ?
    images

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीकी सांसद भीमकुमारी बुढामगरले रसुवा र भोटेकोशी क्षेत्रमा बाढीले पु¥याएको क्षतिपछिको पुनर्निर्माणका लागि राज्यले जनश्रमदान र युवा शक्तिलाई परिचालन गर्नुपर्ने बताएकी छन्। 

    बुधवार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले सामाजिक सञ्जालमा गरिने चर्चाभन्दा धरातलीय यथार्थमा आधारित श्रमको संस्कृतिलाई जोड दिनुपर्ने बताएकी हुन्। सांसद बुढामगरले बाढी प्रभावित क्षेत्रमा आफ्नो दल नेकपा ९एमाले० संवद्ध युवा संगठनका सदस्यहरू शुरुदेखि नै उद्धार र राहत वितरणमा सक्रिय रहेको स्मरण गराएका छन् । उनले युवाहरूले फेला पारेको सुनसहितको धनमाल सम्बन्धित पीडितलाई बुझाएर इमान्दारिताको नमूना प्रश्तुत गरेको समेत उल्लेख गरेकी छन्। 

    उनले भनिन्, के माटो र बेल्चा नछोई देशको विकास सम्भव छ ? सामाजिक सञ्जालमा पोस्ट गर्दैमा मात्र देश बन्छ र ? देश निर्माणका लागि केवल राज्यको संयन्त्र मात्र पर्याप्त हुँदैन, जनताको सक्रिय सहभागिता अनिवार्य हुन्छ ।’

    उनले विगतमा ‘शहीद मार्ग’ निर्माण गर्दा जनताले आफ्नै पाखुरीको बलमा काम गरेको स्मरण गर्दै सोही संस्कारलाई पुनः ब्युँत्याउनुपर्नेमा जोड दिएकी छन् । उनले हालको सरकार युवा शक्तिको बलमा बनेको उल्लेख गर्दै सोही शक्तिलाई राष्ट्र निर्माणका काममा परिचालन गर्न आग्रह गरेकी छन् । 

    उनले विपद्को यस घडीमा केवल राहतको पर्खाइमा बस्नेभन्दा पनि सामुहिक जनश्रमदानमार्फत भत्किएका संरचनाहरूको पुनर्निर्माणमा लाग्नुपर्नेमा जोड दिँदै संसद र सरकारको ध्यानाकर्षण गराएकी छन्।  

    प्रकाशित मिति :आश्विन ७ २०८३ बुधवार - ११:५३:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij