२०८३ आश्विन ७ गते बुधवार
काठमाडौं । न्याय सेवा आयोगले जिल्ला न्यायाधीश पदका लागि आवेदन खुला गरेको छ । नेपालको संविधानको धारा १४९ को उपधारा (२) को खण्ड (ख) र (ग) बमोजिम जिल्ला न्यायाधीश पदमा पदपूर्तिका लागि आयोगले आवेदन आह्वान गरेको हो ।
आयोगले आन्तरिक खुला, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन प्रकाशित गरेको छ । आयोगले सार्वजनिक गरेको सूचनाअनुसार आन्तरिक खुलातर्फ २ जना, खुलातर्फ १ जना र दलित समूहतर्फ १ जना गरी जिल्ला न्यायाधीशका लागि कुल ४ पदमा प्रतिस्पर्धा हुनेछ ।
आयोगले आवेदन दिने परीक्षार्थीले आन्तरिक खुल्लाका लागि २ हजार, खुल्लाका लागि २ हजार र प्रत्येक समावेशीका लागि ५ सय रुपैयाँ थप दस्तुर बुझाउनुपर्ने उल्लेख गरेको छ ।
आयोगको सूचना अनुसार आवेदन दिने म्याद कात्तिक ७ गतेसम्म दिन सकिने जनाएको छ । आयोगले योग्य उम्मेदवारबाट दरखास्त आह्वान गर्दै प्रतियोगितात्मक लिखित परीक्षाको कार्यक्रमसमेत सार्वजनिक गरेको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij