Logo

२०८३ आश्विन ७ गते बुधवार

२०८३ आश्विन ७ गते बुधवार

त्रिपुरासुन्दरी मन्दिरबाट हराएको रकम भन्दा दोब्बर रकम फेला परेपछि...

त्रिपुरासुन्दरी मन्दिरबाट हराएको रकम भन्दा दोब्बर रकम फेला परेपछि...


  • 659
    Shares

    त्रिपुरासुन्दरी मन्दिरबाट  हराएको रकम भन्दा दोब्बर रकम फेला परेपछि...
    images

    डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ स्थित प्रसिद्ध श्री बाला त्रिपुरासुन्दरी मन्दिरबाट हराएको भनिएको भेटी रकम दुई फरक दिनमा फेला परेपछि चोरी प्रकरण झन् रहस्यमय बन्दै गएको छ।

    गत असोज ३ गते शनिबार बिहान करिब साढे ९ बजे मन्दिरको मुख्य पूजास्थलमा राखिएको भेटी रकम हराएको थियो। तर, घटना तत्काल सार्वजनिक भएन। आइतबार मात्रै सामाजिक सञ्जालमार्फत घटना बाहिरिएपछि मन्दिरबाट भेटी चोरी भएको विषय सार्वजनिक भएको थियो।

    फेला परेको रकम मन्दिर सुरक्षा पोस्टका इन्चार्ज प्रहरी हवल्दार इन्द्रबहादुर जिसीले पुजारी रामप्रसाद उपाध्यायलाई हस्तान्तरण गरेका थिए। प्रहरीले उक्त स्थानको मुचुल्कासमेत तयार पारेको जनाएको छ। तर, मुख्य पूजास्थलबाट हराएको भनिएको रकम मन्दिरको पश्चिमतर्फको टिमुरको रूखसम्म कसले, कसरी र किन पुर्‍यायो भन्ने प्रश्न भने अझै अनुत्तरित छ।

    तर, त्यसको भोलिपल्ट मंगलबार पुनः करिब त्यति नै रकम मन्दिर परिसरमै फेला परेपछि घटनाले नयाँ मोड लिएको छ।

    पहिलोपटक फेला परेको रकमलाई मन्दिरकै आधिकारिक पीठले खोजतलासका क्रममा भेटिएको भनेर सार्वजनिक गरेको हुँदा उक्त रकम मन्दिरकै हराएको रकम हुन सक्ने प्रहरीको प्रारम्भिक आशंका रहेको बुझिएको छ।

    तर, दोस्रोपटक फेला परेको रकमलाई समेत पुजारीले चोरी भएको भेटी रकम भएको दाबी गरेपछि कुन रकम वास्तविक रूपमा चोरी भएको थियो भन्ने प्रश्न थप जटिल बनेको छ।

    प्रहरीले भने दुवै रकमको वास्तविकता, रकमको स्रोत र घटनामा संलग्न व्यक्तिबारे अनुसन्धान भइरहेको जनाएको छ।

    प्रकाशित मिति :आश्विन ७ २०८३ बुधवार - ०८:१०:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij