Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

एमालेमा नेतृत्व परिवर्तनको बहस, योगेशले दिए यस्तो प्रस्ताव

एमालेमा नेतृत्व परिवर्तनको बहस, योगेशले दिए यस्तो प्रस्ताव


  • 365
    Shares

    एमालेमा नेतृत्व परिवर्तनको बहस, योगेशले दिए यस्तो प्रस्ताव
    images

    काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी पुनर्गठनसँगै नेतृत्व हस्तान्तरण आवश्यक रहेको धारणा अघि सारेका छन् । जारी एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन मंगलबार उनले अध्यक्ष केपी शर्मा ओलीसमक्ष लिखित धारणा प्रस्तुत गर्दै यस्तो प्रस्ताव गरेका हुन् ।

    भट्टराईले पार्टीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन कार्यदलको प्रतिवेदनमा उल्लेखित सुझाव कार्यान्वयन गर्नुपर्ने बताएका छन् । उनले आगामी स्थानीय तहको निर्वाचनसम्मका लागि अन्तरिम नेतृत्वको व्यवस्था गरेर पार्टीलाई अघि बढाउन सकिने धारणा राखेका छन् ।

    उनको लिखित धारणामा पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणलाई आवश्यक कदमका रूपमा अघि सारिएको छ । कार्यदलको प्रतिवेदनका सुझावलाई आधार बनाएर संगठन र नेतृत्वमा सुधार गर्नुपर्ने उनको प्रस्ताव छ ।

    भट्टराईले पछिल्लो समय एमाले र जनताबीचको सम्बन्ध कमजोर बन्दै गएको पनि उल्लेख गरेका छन् । जनतासँगको सम्बन्ध पुनः स्थापित गर्न उनीहरूको भावना र अपेक्षाअनुसार पार्टीको नीति तथा नेतृत्व अघि बढाउनुपर्ने उनको भनाइ छ ।

    उनले पार्टीलाई नयाँ परिस्थितिअनुसार रूपान्तरण गर्दै जनतासँगको सम्बन्ध थप सुदृढ बनाउन आवश्यक रहेको धारणा पनि राखेका छन् ।

    प्रकाशित मिति :आश्विन ६ २०८३ मंगलवार - १६:४३:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij