Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

कामना सेवा विकास बैंकद्वारा कुमारीपाटी–जावलाखेलमा प्रतिक्षा बेन्च स्थापना

कामना सेवा विकास बैंकद्वारा कुमारीपाटी–जावलाखेलमा प्रतिक्षा बेन्च स्थापना


  • 435
    Shares

    कामना सेवा विकास बैंकद्वारा कुमारीपाटी–जावलाखेलमा प्रतिक्षा बेन्च स्थापना
    images

    काठमाडौं । कामना सेवा विकास बैंकले कुमारीपाटी जावलाखेल व्यापार संघको सहकार्यमा कुमारीपाटी - जावलाखेल क्षेत्रमा ५ थान प्रतीक्षा-बेन्च स्थापना गरेको छ । बैंकले सर्वसाधारण तथा यात्रुहरूको सहजता र सुविधालाई मध्यनजर गर्दै निर्माण गरेको उक्त प्रतीक्षा-बेन्च स्थापना गरिएको हो ।

    बैंकका काठमाडौं प्रदेश प्रमुख केदारनाथ शर्माको अध्यक्षता तथा कुमारीपाटी जावलाखेल व्यापार संघका अध्यक्ष वीरेन्द्र शाक्यको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्रतीक्षा-बेन्च स्थापना गरिएको हो । सर्वसाधारण तथा यात्रुहरूको दैनिक आवतजावतलाई सहज बनाउने उद्देश्यले निर्माण गरिएको उक्त प्रतीक्षा-बेन्च बाट बाटो हिँड्ने यात्रु तथा सर्वसाधारणलाई केही समय विश्राम गर्न सहज हुने अपेक्षा गरिएको छ ।

    कुमारीपाटी जावलाखेल व्यापार संघका अध्यक्ष शाक्यले सर्वसाधारणको उपयोगमा आउने प्रतीक्षा–बेन्च स्थापना गरेकोमा कामना सेवा विकास बैंकप्रति धन्यवाद व्यक्त गरे । उनले प्रतीक्षा–बेन्च बाट यात्रु तथा स्थानीय सर्वसाधारणलाई प्रत्यक्ष रूपमा सुविधा पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा बोल्दै बैंकका काठमाडौं प्रदेश प्रमुख शर्माले बैंकले आफ्ना सेवाग्राहीसँगै सर्वसाधारणको सुविधा र सहजतालाई समेत प्राथमिकतामा राख्दै विभिन्न सेवामूलक तथा सामाजिक गतिविधिमा निरन्तर सहभागिता जनाउँदै आएको बताए । उनले स्थानीय समुदायको आवश्यकता र सुविधालाई ध्यानमा राखेर यस्ता कार्यहरूलाई निरन्तरता दिइने समेत बताए । 

    उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु तथा कुमारीपाटी जावलाखेल व्यापार संघका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।  बैंकले ग्राहक सेवा विस्तारसँगै स्थानीय समुदाय तथा सर्वसाधारणको सुविधा र आवश्यकतालाई ध्यानमा राखी विभिन्न गतिविधिमा समेत सहभागिता जनाउँदै आएको छ । 

     

    प्रकाशित मिति :आश्विन ६ २०८३ मंगलवार - १०:२८:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij