Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

आज (असोज ६ गते) कस्तो छ, तपाईको राशिफल ?

आज (असोज ६ गते) कस्तो छ, तपाईको राशिफल ?


  • 414
    Shares

    आज (असोज ६ गते) कस्तो छ, तपाईको राशिफल ?
    images

    आज २०८३ असोज ६ गते मंगलबार, भदौ शुक्ल एकादशी, हरिपरिवर्तिनी एकादशी व्रत, शक संवत् १९४७, नेपाल संवत् ११४६,  Sep 22, 2026

    मेष :

    दिन राम्रो छ। स्वास्थ्य र शिक्षामा लाभ लिने दिन छ। कुनै परीक्षामा सहभागी भए नतिजा सकारात्मक मिल्नेछ। राजनीति र सामाजिक क्षेत्रका सेवाका अवसर प्राप्त हुनेछन्। मन प्रशन्न हुनेछ। खर्चभन्दा आम्दानी धेरै हुनेछ।

    वृष :

    दिन सामान्य छ। शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा भने समस्या आउन सक्छ। शत्रु बढ्नेछन्। राजनीतिक क्षेत्रमा संगठन बलियो हुनेछ। आफन्तबाट धोका हुनसक्छ। विदेशको भन्दा स्वदेशको लगानीमा केही शान्ति मिल्नेछ।

    मिथुन :

    दिन राम्रो छ। पारिवारिक सम्बन्ध सुमधुर रहला। शिक्षा, स्वास्थ्यमा गरेको कार्यबाट लाभ मिल्नेछ। मन प्रशन्न रहनेछ। आम्दानी हुने दिन छ। सोचेकाे काम बन्दा मन शान्त बन्छ ।

    कर्कट :

    शुभ दिन छ । बोलीका कारण काम बन्नेछ । बोली र व्यवहारमा एकरुपता कायम गर्नुहोला । स्वास्थ्यमा सुधार हुनेछ । पारिवारिक  मेलमिलाप हुनेछ । आकस्मिक लाभ  मिल्नाले मन खुसी हुनेछ ।

    सिंह :

    आज गुम्न लागेको धन हात पर्नेछ । कतैबाट कामको लागि राम्रो अवसर प्राप्त हुनेछ । मन चन्चल हुने भएकाले बिहान उठेर पन्छीलाई दाना दिने वा पिपलको दर्शन गर्नु उपयुक्त हुनेछ। प्रियजनको साथ मिल्नेछ । आफ्नो निर्णय आफै गर्नुहोला।

    कन्या :

    दिन सामान्य छ। आफ्नो अनुकुलताको लागि तपाईंको प्रयोग गर्ने धेरै छन्। कुरा काट्नेहरु बढ्नेछन्। आम्दानीका स्रोत भेटिनेछन्। मन खुसी हुनेछ। आज सचेत  भएर अघि बढ्नुपर्ने  दिन छ ।

    तुला :

    दिन राम्रो छ। विदेशमा गरेको लगानीबाट हौसला मिल्नेछ। विपक्षी साथीले समेत तपाईंको प्रशंसा गर्नेछन्। मिष्ठान्न भोजन मिल्नेछ। स्वास्थ्य र शिक्षामा लाभ मिल्नेछ।

    वृश्चिक : 

    राम्रो छ। सामाजिक क्षेत्रमा सहयोग गर्न पाउँदा मन खुसी हुनेछ। राजनीतिक क्षेत्रमा पहुँच बढ्नेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। काममा सावधानी अपनाउनुपर्नेछ। आफ्नो निर्णय आफै गरेर अघि बढ्दा फाइदा हुनेछ।

    धनु :

    शुभ दिन छ। मानसम्मान प्राप्त हुने दिन  छ । स्वास्थ्यमा लाभ हुनेछ। पठनपाठनमा रुची बढ्नेछ। सामाजिक क्षेत्रमा भने अप्ठ्यारा आइलाग्नेछ।

    मकर :

    दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। अनावश्यक यात्रा हुनेछ। बन्धुसँगको सहकार्यमा गरेको व्यापारबाट फाइदा हुनेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। परिवारको सल्लाह लिएर अघि बढ्नुहोला।

    कुम्भ :

    दिन राम्रो छ। बोलीको प्रभावले काम बन्नेछन्। उपचारमा भए स्वास्थ्यमा सुधार आउँछ। पारिवारिक सम्बन्ध र राजनीतिक क्षेत्रमा केही राम्रा संकेत देखिनेछन्।

    मीन :

    दिन सामान्य छ। शत्रु बढ्नेछन्। काममा अवरोध हुनेछ। दाम्पत्य जीवन सफल रहनेछ। स्वास्थ्य र शिक्षामा सास्ती खेप्नुपर्नेछ। एकल निर्णय नगर्नु उचित हुनेछ।

    प्रकाशित मिति :आश्विन ६ २०८३ मंगलवार - ०७:१३:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij