२०८३ कार्तिक २० गते शुक्रवार
आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल कार्तिक २० गते । शुक्रबार । इस्वी सन् २०२६ नोभेम्बर ६ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । कार्तिक कृष्णपक्ष । तिथि–द्वादशी, बिहान ११ बजेर १० मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–हस्त, रातको ५ बजेर ५१ मिनेट उप्रान्त चित्रा । योग–वैधृती, बिहान ७ बजेर ४२ मिनेट उप्रान्त विष्कुम्भ । करण–तैतिल, बिहान ११ बजेर १० मिनेट उप्रान्त गर, बेलुकी १० बजेर ५५ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–कन्या ।
काठमाडौँमा सूर्योदय बिहान ६ बजेर १९ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर १४ मिनेट । दिनमान २७ घडी २१ पला ।
आजको बार बेला ।
बिहान ६ बजेर १९ मिनेटसम्म चर बेला ।
बिहान ६ बजेर २० मिनेटदेखि बिहान ७ बजेर ४१ मिनेटसम्म लाभ बेला ।
बिहान ७ बजेर ४२ मिनेटदेखि बिहान ९ बजेर ३ मिनेटसम्म अमृत बेला ।
बिहान ९ बजेर ४ मिनेटदेखि बिहान १० बजेर २५ मिनेटसम्म काल बेला ।
बिहान १० बजेर २६ मिनेटदेखि बिहान ११ बजेर ४७ मिनेटसम्म शुभ बेला ।
बिहान ११ बजेर ४८ मिनेटदेखि दिउँसो १ बजेर ९ मिनेटसम्म रोग बेला ।
दिउँसो १ बजेर १० मिनेटदेखि दिउँसो २ बजेर ३१ मिनेटसम्म उद्वेग बेला ।
दिउँसो २ बजेर ३२ मिनेटदेखि दिउँसो ३ बजेर ५३ मिनेटसम्म चर बेला ।
बेलुकी ३ बजेर ५४ मिनेटदेखि बेलुकी ६ बजेर ५३ मिनेटसम्म रोग बेला ।
नोट स् शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
बिहान १० बजेर २४ मिनेटदेखि बिहान ११ बजेर ४६ मिनेटसम्म राहुकाल रहनेछ ।
नोटः राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।
बिहान ४ बजेर ४३ मिनेटदेखि बिहान ५ बजेर ३१ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
दिन राम्रो छ। लगानीबाट नाफा हुनेछ। परिवारले भन्दा बाहिरका व्यक्तिले सम्मान गर्नेछन्। शिक्षामा सुधारका संकेत देखिने छन्। बन्धुबाट साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। स्वास्थ्यमा ख्याल नगर्ने बानीले समस्या हुनेछ। शिक्षा र राजनीतिमा गरेको प्रयास सफल बन्नेछ। गोपनीयता सुरक्षित गर्नु उचित हुन्छ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
शुभ दिन परेको छ । आम्दानी बढ्नेछ। साथीको साथ मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुने योग छ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
दिन राम्रो छ। कृषिको व्यापारबाट नाफा हुनेछ। सम्पत्तिको पछाडि लााग्दा स्वास्थ्यमा समस्या हुनेछ। दाम्पत्य जीवनमा खटपटी बढे पनि साथीको साथ मिल्नेछ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
दिन राम्रो छ । मनमा उत्साह बढ्नेछ । आफन्तको साथ मिल्ने योग छ । श्रमको मूल्य प्राप्त हुनेछ । शिक्षामा प्रगति होला । संकट टर्ने योग छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
दिन राम्रो छ। धनलक्ष्मी योग परेकाले गुम्न लागेको धन फिर्ता हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने आवश्यकता छ। राजनीतिमा विपक्षीको घेराबन्दी हुनेछ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
दिन राम्रो छ। शुभग्रहको बहुमत रहेकाले सोचेको काम बन्नेछ। राजनीतिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
मनमा चिन्ता बढ्नेछ। व्यवहारमा अवरोध हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ। परिवारमा मेलमिलाप बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
दिन राम्रो छ । मन प्रशन्न बन्नेछ। सम्मान प्राप्त हुनेछ। गुरुको साथ र सहयोगका लगि थप नम्रताको खाँचो छ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथमा सुखद् यात्रा हुनेछ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
यात्रामा सचेत बन्नुपर्ने दिन छ । नयाँ साथीसँगको भेटले दीर्घकालीन योजना बन्नेछन्। दाम्पत्य जीवनमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
दिन राम्रो छ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। विपक्षी साथीसँग सहकार्य हुनेछ। व्यापारमा लगानीको हिम्मत गर्नु उचित हुन्छ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आम्दानी बढ्ने योग छ । सानो कुराले मनमा खुसी मिल्नेछ । शिक्षा र रोजगारीका क्षेत्रमा तपाईंका ग्रह बलवान छन्। नयाँ रोजगारीको लागि प्रस्ताव आउनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij