२०८३ आश्विन ६ गते मंगलवार
काठमाडौं । शेयर बजारको कारोबार आज बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले प्राविधिक कारणवश आज बजार खुल्न नसक्ने जनाएको छ ।
नेप्सेका अनुसार नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीहरूको सर्भर राखिएको डाटा सेन्टर ९डाटा हब० मा असोज ४ गते बिहानैदेखि प्राविधिक समस्या देखिएको थियो ।
सो समस्या समाधानका लागि प्रयास भइरहे पनि हालसम्म समाधान हुन नसकेको नेप्सेले जनाएको छ ।
यो अवस्थामा यथास्थितिमा कारोबार सञ्चालन गर्दा नेप्सेको मुख्य कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने जोखिम देखिएकाले आजको नियमित कारोबार सत्र स्थगित गरिएको नेप्सेले जनाएको छ ।
प्राविधिक समस्यासँगै स्टक ब्रोकर एसोसिएसन अफ नेपालले समेत बजार बन्द गर्न निवेदन दिएको थियो ।
नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ ९१० अनुसार सोमबारको कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij