Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

कालिका लघुवित्तको १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कालिका लघुवित्तको १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


  • 1.1K
    Shares

    कालिका लघुवित्तको १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
    images

    काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ हजार १८४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयर बिक्री गर्न लागेको हो ।

    संस्थाले यसअघि विद्यमान संस्थापक सेयरधनीका लागि ३५ दिने सूचना जारी गर्दै सेयर खरिदका लागि आवेदन माग गरेको थियो । तोकिएको अवधिमा विद्यमान संस्थापक सेयरधनीबाट कुनै पनि लिखित आवेदन नपरेपछि संस्थाले उक्त सेयर अन्य व्यक्ति तथा कम्पनीले समेत खरिद गर्न सक्ने गरी बिक्रीमा राखेको हो ।

    अब संस्थापक सेयर खरिद गर्न इच्छुक व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । सेयर खरिदका लागि इच्छुक लगानीकर्ताले पोखरास्थित संस्थाको केन्द्रीय कार्यालयमा आवश्यक कागजातसहित लिखित आवेदन पेश गर्नुपर्नेछ ।

    आवेदन सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालयमा बुझाइसक्नुपर्नेछ । संस्थाले तोकेको प्रक्रियाअनुसार प्राप्त आवेदनका आधारमा संस्थापक सेयर बिक्री गरिनेछ ।

    संस्थापक सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आवेदनसँगै आवश्यक विवरण तथा कागजात पेश गर्नुपर्नेछ । यसअघि संस्थापक सेयरधनीलाई प्राथमिकता दिँदै बिक्री प्रक्रिया अघि बढाइए पनि आवेदन नपरेपछि सर्वसाधारण व्यक्ति तथा कम्पनीका लागि बिक्री खुला गरिएको हो ।

    प्रकाशित मिति :आश्विन ४ २०८३ आइतवार - ११:४४:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij