Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

नेप्सेमा २२ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

नेप्सेमा २२ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो


  • 1.1K
    Shares

    नेप्सेमा २२ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो
    images

    काठमाडौं । आज साताको अन्तिम कारोबार दिन शुक्रवार शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक २२.८५ अंकले बढेर २,६४७ को विन्दुमा कायम भएको छ । 

    आज १९६ कम्पनीको मूल्य बढेको छ भने ७४ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा २ करोड १२ लाख ७२ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७४ करोड माथिको शेयर कारोबार भएको छ ।

    यो समूह सूचक सबैभन्दा धेरै १.५९ प्रतिशत बढेको छ । त्यस्तै जीवन बीमा १.५२ प्रतिशत बढेको छ। विकास बैंक ०.४०, होटल तथा पर्यटन ०.३३, जलविद्युत् ०.८५, लगानी ०.१०, उत्पादन तथा प्रशोधन ०.५५, माइक्रोफाइनान्स ०.७५, निर्जीवन बीमा ०.४८ र व्यापार ०.८५ प्रतिशत बढेको छ । अन्य ०.११ र फाइनान्स ०.०२ प्रतिशत घटेको छ।

    आज १९६ कम्पनीको मूल्य बढ्दा ७४ को घटेको छ । ९ कम्पनीको स्थिर रह्यो । स्नो रिभर्सको मूल्य १३.६६, इनिफिनिटी लघुवित्तको ९.८१, मैलुङखोला जलविद्युतको ८.८४, याम्बलिङ हाइड्रोपावरको ६.२०, बोटलर्स नेपाल तराईको ५.०६ प्रतिशत मूल्य बढेको छ।

    हाथवे इन्भेस्टमेन्टको १५, धौलागिरी लघुवित्तको ५.१३, मातृभूमि लघुवित्तको २.६४ प्रतिशत मूल्य घटेको छ । आज धेरै कारोबार भएका कम्पनीमा कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आईएमई बैंक, लिबर्टी इनर्जी, सिद्धार्थ बैंक, सानिमा मिडिल तमोर, शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।

     आज हिजोको तुलनामा कारोबार रकम बढेको हो । आज सबैभन्दा धेरै कुमारी बैंकको शेयर कारोबार भएको छ । आज यस बैंकको ३२ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लक्ष्मी सनराइज बैंकको २७ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको २३ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।a

    प्रकाशित मिति :आश्विन २ २०८३ शुक्रवार - १५:३०:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij