Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

आज पनि घट्यो सुनको भाउ, चाँदी स्थिर

आज पनि घट्यो सुनको भाउ, चाँदी स्थिर


  • 1.1K
    Shares

    आज पनि घट्यो सुनको भाउ, चाँदी स्थिर
    images

    काठमाडौं ।  साताको दोस्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ४०० रुपैयाँले घटेको हो ।

    महासङ्घका अनुसार आज सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ६२ हजार ८६० रुपैयाँ कायम भएको छ ।

    साथै, चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । १० ग्राम चाँदीको मूल्य ४ हजार ९८ रुपैयाँ कायम छ । महासङ्घले सोमबारका लागि उक्त मूल्य तोकेको हो ।

    प्रकाशित मिति :भाद्र १५ २०८३ सोमवार - ११:०६:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij