२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । साताको पाचौ कारोबारको दिन बिहिवार नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार ३ सय रुपैयाँले घटेको हो।
योसँगै प्रतितोला सुन २ लाख ९९ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
साथै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ६० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार ६ सय २५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ६ सय ८५ रुपैयाँमा किनबेच भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij