Logo

२०८३ आश्विन २४ गते शनिवार

२०८३ आश्विन २४ गते शनिवार

गागन खोला पुलनजिक महिलाको शव फेला

गागन खोला पुलनजिक महिलाको शव फेला


  • 1.1K
    Shares

    गागन खोला पुलनजिक महिलाको शव फेला
    images

    काठमाडौं । सिरहाको गोलबजार नगरपालिका–३ स्थित गागन खोला पुलनजिक एक महिलाको शव फेला परेको छ। स्थानीयले पुलनजिक एक महिला मृत अवस्थामा रहेको देखेपछि प्रहरीलाई खबर  गरेका थिए ।

    जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी सहायक निरीक्षक पुष्करप्रसाद घिमिरेको कमान्डमा प्रहरीको टोली घटनास्थल पुगेको थियो।

    घटनास्थलमा करिब ४५ वर्ष उमेरकी तराई मूलकी जस्तो देखिने महिलाको शव घोप्टो अवस्थामा फेला परेको घिमिरेले बताएका छन् । प्रहरीका अनुसार मृतक महिलाको पहिचान खुल्न सकेको छैन ।

    घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक दीपक खरेलको कमान्डमा प्रहरी टोली खटिएको छ ।

    सिरहाका डीएसपी रमेशबहादुर पालले महिलाको शव फेला परेको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको र मृतकको पहिचान खुलाउने प्रयास भइरहेको जानकारी दिएका छन्।  

     

    प्रकाशित मिति :भाद्र ९ २०८३ मंगलवार - १६:५३:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij