Logo

२०८३ आश्विन २४ गते शनिवार

२०८३ आश्विन २४ गते शनिवार

नेपाल विशेष सेवा ऐन जगाउने विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयो

नेपाल विशेष सेवा ऐन जगाउने विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयो


  • 1.0K
    Shares

    नेपाल विशेष सेवा ऐन जगाउने विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयो
    images

    काठमाडौं । राष्ट्रिय सभाले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । 

    मंगलवार बसेको सभाको बैठकले उक्त विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउने प्रश्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो । बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रश्ताव प्रश्तुत गरीन् । 

    प्रश्ताव प्रश्तुत गर्दै मन्त्री गौतमले प्रतिनिधि सभाको सन्देशसहित प्राप्त विधेयकलाई सम्बन्धित समितिमा पठाउन सभाको अनुमति मारेकी थिन्। तत्पश्चात, राष्ट्रिय सभाका अध्यक्षले उक्त प्रश्तावलाई निर्णयार्थ प्रश्तुत गर्नुभएकोमा बैठकले सर्वसम्मतिले स्वीकृत गरेको घोषणा गरियो । 

    राष्ट्रिय सभाको अर्को बैठक आगामी २०८३ साल भदौ १६ गते मंगलवार अपराह्न १ः१५ बजे बस्ने गरी स्थगित भएको छ । 

    प्रकाशित मिति :भाद्र ९ २०८३ मंगलवार - ११:१७:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij