Logo

२०८३ आश्विन २४ गते शनिवार

२०८३ आश्विन २४ गते शनिवार

नबिल बैंकका डीजीएम अवस्थी डीसीईओमा बढुवा

नबिल बैंकका डीजीएम अवस्थी डीसीईओमा बढुवा


  • 911
    Shares

    नबिल बैंकका डीजीएम अवस्थी डीसीईओमा बढुवा
    images

    काठमाडौं । नबिल बैंकमा नायब महाप्रबन्धक (डीजीएम) रहेका गणेशप्रसाद अवस्थी नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा बढुवा भएका छन्।

    सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले अवस्थीलाई डीसीईओमा बढुवा गर्ने निर्णय गरेको हो।

    बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव भएका अवस्थीले सन् २००१ मा तत्कालीन एनआईसी बैंकबाट आफ्नो बैंकिङ करियर सुरु गरेका थिए।

    त्यसपछि उनले कुमारी बैंकमा शाखा प्रमुख तथा ग्लोबल आईएमई बैंकमा १३ वर्षभन्दा बढी समय उच्च व्यवस्थापन तहमा रहेर जिम्मेवारी सम्हालेका थिए। करिब चार वर्षअघि उनी सहायक महाप्रबन्धक (एजीएम) का रूपमा नबिल बैंक प्रवेश गरेका थिए।

    क्रेडिट व्यवस्थापन, निक्षेप परिचालन तथा ग्राहक सेवामा विशेषज्ञता हासिल गरेका अवस्थीले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र व्यवस्थापनमा स्नातकोत्तर गरेका छन्।

    उनले हार्वर्ड बिजनेस स्कुलबाट ‘रणनीति’ विषयमा समेत अध्ययन पूरा गरेका छन्।

    प्रकाशित मिति :भाद्र ९ २०८३ मंगलवार - १०:०८:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij