Logo

२०८३ भाद्र ८ गते सोमवार

२०८३ भाद्र ८ गते सोमवार

बडीमालिका क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा

बडीमालिका क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा

images

  • 379
    Shares

    बडीमालिका क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा
    images

    काठमाडौं । सुदूरपश्चिम प्रदेशको प्रमुख आस्थाको केन्द्र तथा बाजुरा जिल्लामा समुद्री सतहबाट करिब ४,२०० मिटरको उचाइमा अवस्थित प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल बडीमालिका क्षेत्रमा नेपाल टेलिकमले टुजी तथा फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले बडीमालिका क्षेत्रमा फोरजी सेवा विस्तार गरेसँगै आजदेखि मोबाइल तथा इन्टरनेट सेवा सञ्चालनमा आएको हो ।

    अति विकट र भौगोलिक रूपमा चुनौतीपूर्ण क्षेत्रमा सेवा सञ्चालनका लागि प्राविधिक टोली सहित नेपाली सेनाको हेलिकप्टरमार्फत उपकरण तथा जडान सामग्री ढुवानी गरी जडान कार्य तीव्र रूपमा अघि बढाइएको थियो । अत्यन्तै विकट तथा उच्च हिमाली भूगोलमा टावर स्थापना गर्न प्राविधिक टोलीले चुनौतीपूर्ण परिस्थितिमा काम गरेको थियो ।

    निरन्तरको मिहिनेतपछि आज भदौ ०८ गतेदेखि उक्त क्षेत्रमा टुजी तथा फोरजी मोबाइल सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ । 

    मोबाइल सेवा जडानसँगै त्रिवेणी नगरपालिकाका वडा नं. ५ र ६, बडीमालिका नगरपालिकाका वडा नं. ५ र ६ तथा बाजुरा सदरमुकाम मार्तडीबाट बडीमालिका जाने पदमार्गमा पर्ने प्रसिद्ध त्रिवेणी पाटन लगायतका क्षेत्रहरू दूरसञ्चार सेवाको पहुँचमा जोडिएका छन् । टावर निर्माण कार्यमा नेपाल टेलिकमका इन्जिनियर सुदर्शन आचार्य, प्राविधिक अधिकृत माधव बुढाथोकी, सिभिल इन्जिनियर दिपक भट्ट लगायतका प्राविधिक रहेका थिए । 

    उच्च हिमाली भेगमा सञ्चार पहुँच विस्तार भएसँगै स्थानीय बासिन्दाका साथै बडीमालिका दर्शन गर्न आउने भक्तजन, तीर्थयात्री तथा पदयात्रीहरूलाई सञ्चार सम्पर्कमा सहजता भई प्रत्यक्ष लाभ पुग्ने विश्वास टेलिकमले लिएको छ ।

                                                                                                       

    images
    प्रकाशित मिति :भाद्र ८ २०८३ सोमवार - १६:५६:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij