Logo

२०८३ भाद्र ७ गते आइतवार

२०८३ भाद्र ७ गते आइतवार

स्केटिङका दुई खेलाडीको प्रशिक्षण थाइल्यान्डमा हुने

स्केटिङका दुई खेलाडीको प्रशिक्षण थाइल्यान्डमा हुने


  • 358
    Shares

    स्केटिङका दुई खेलाडीको प्रशिक्षण थाइल्यान्डमा हुने
    images

    काठमाडौं । जापानमा आगामी सेप्टेम्बर महिनामा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुने स्केटिङ खेलाडीले थाइल्यान्डको बैंककमा तयारी प्रशिक्षण गर्ने भएका छन् । दुई पुरुष खेलाडी गजेन्द्र बर्देवा र शरदकुमार राई शुक्रबार बैंकक प्रस्थान गर्नेछन् । यी दुई खेलाडीले एसियाडमा स्ट्रिट विधामा सहभागिता जनाउनेछन् । 

    उनीहरूले करिब एक महिना बैंककस्थित हुआ मक स्केट पार्कमा प्रशिक्षण गर्ने नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघका महासचिव सत्य थापाले जनाएका छन् । महासचिव थापाले एकमहिने प्रशिक्षणपछि खेलाडीले त्यही प्रशिक्षणलाई निरन्तरता दिने वा नेपाल फर्कने अहिले टुंगो नलागेको बताए । 

    टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले बिदाइ गर्दै खेलाडीलाई उच्च मनोबलका साथ एसियाडमा प्रतिस्पर्धा गर्ने सुझाए । उनले एसियाडमा सहभागी हुने खेलाडीको एक वर्षको बिमा गरिने बताउँदै खेलाडीलाई अधिकतम सुविधा दिने विषयमा पनि प्रयासरत रहेको बताए ।

    एसियाडमा स्केटिङका खेलहरू असोज ३ गतेदेखि हुनेछ ।

    images
    प्रकाशित मिति :भाद्र ७ २०८३ आइतवार - १५:१६:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij