Logo

२०८३ आश्विन २१ गते बुधवार

२०८३ आश्विन २१ गते बुधवार

नेप्सेमा गिरावट, १९८ कम्पनीको मूल्य घट्यो

नेप्सेमा गिरावट, १९८ कम्पनीको मूल्य घट्यो


  • 1.1K
    Shares

    नेप्सेमा गिरावट, १९८ कम्पनीको मूल्य घट्यो
    images

    काठमाडौं । आज साताको अन्तिम कारोबारको दिन शुक्रवार पनि शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १० दशमलव ६७ अंकले घटेर २,६१८ को विन्दुमा कायम भएको छ ।

    आज ७० कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३४४ कम्पनीको १ करोड २१ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १६ करोड माथिको शेयर कारोबार भएको छ । 

    त्यस्तै बैंकिङ ०.०४, विकास बैंक ०.५४, फाइनान्स ०.४३, होटल तथा पर्यटन ०.१०, जलविद्युत् ०.६६, लगानी ०.१९, जीवन बीमा ०.३७, उत्पादन तथा प्रशोधन ०.४६, माइक्रोफाइनान्स ०.४४, निर्जीवन बीमा ०.०४ तथा व्यापार ०.६८ प्रतिशत घटेको छ ।

    समूहगत कारोबार हेर्दा सधैंझैं जलविद्युत् समूहको सबैभन्दा धेरै कारोबार भयो । सो समूहको २ अर्ब ५० करोडको कारोबार भयो । कुल कारोबारमा यो समूहको हिस्सा ६० प्रतिशत हो ।

    त्यस्तै वाणिज्य बैंकहरुको ३३ करोड, उत्पादन तथा प्रशोधन ४२ करोड रुपैयाँ बराबरको कारोबार भयो । हालै सूचीकृत सर्वोत्तम पेन्ट्स्को मूल्य १५ प्रतिशत बढेको छ । त्यस्तै पन्चकन्या माइ हाइड्रोको १३.८६, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको ५.५१, हाथवे इन्भेस्टमेन्टको ४.९९, प्रतिशत मूल्य बढेको छ 

    आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोलु हाइड्रोको २४ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको १८ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    प्रकाशित मिति :भाद्र ५ २०८३ शुक्रवार - १६:११:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij