Logo

२०८३ आश्विन १९ गते सोमवार

२०८३ आश्विन १९ गते सोमवार

गेमिङ पार्लरमा आगजनी गरेर पाँच जनाको हत्या गर्ने पुरुषलाई मृत्युदण्ड

गेमिङ पार्लरमा आगजनी गरेर पाँच जनाको हत्या गर्ने पुरुषलाई मृत्युदण्ड


  • 1.3K
    Shares

    गेमिङ पार्लरमा आगजनी गरेर पाँच जनाको हत्या गर्ने पुरुषलाई मृत्युदण्ड
    images

    काठमाडौं । जापानले गेमिङ पार्लरमा आगजनी गराएर ५ जनाको हत्या गर्ने एक पुरुषलाई मृत्युदण्डको सजाय दिएको छ । २००९ मा ओसाकामा भएको यस घटनाका दोषी ५८ वर्षीय सुनाओ ताकामीले आफ्नो घर नजिकको पाचिन्को पार्लरलाई पेट्रोल छर्केर आगो लगाइदिएका थिए ।

    यस घटनामा चार जना ग्राहक र एक जना कर्मचारीको मृत्यु भएको थियो । जापानमा मृत्युदण्ड दिइएको एक वर्षभन्दा बढी समययता यो पहिलो पटक हो । घटनाको समयमा ताकामी मानसिक रूपमा रोगी भएको भन्दै प्रतिवादीका वकिलले पेस गरेको तर्क ६ जना जुरी र तीन जना न्यायाधीसहरूको समूह अस्वीकार गरेका थिए । उनलाई २०११ मा फाँसीको सजाय सुनाइएको थियो ।

    मृत्युदण्डको सजाय दिन अमेरिका र जापान औद्योगिक देशहरूको समूह जीसेभेनको दुई मात्रै सदस्य देश हुन् । जापानमा मृत्युदण्डको सजाय पाएका व्यक्तिलाई सजाय दिनुभन्दा केही घण्टा अगाडि मात्रै यसको जानकारी दिइन्छ । गएको वर्ष जापानले २०१७ मा नौ जनाको हत्या गरेका ‘ट्विटर’ किलर भनेर चिनिने ताकाहिरो शिराइशीलाई फासी दिइएको थियो । पछिल्लो फाँसी भने प्रधानमन्त्री सनाए ताकाइचीको पालामा दिइएको पहिलो फाँसी हो । 

     

    प्रकाशित मिति :भाद्र ५ २०८३ शुक्रवार - ११:२१:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij