Logo

२०८३ आश्विन १९ गते सोमवार

२०८३ आश्विन १९ गते सोमवार

एनआइएमबी बैंकका सीइओ पाण्डेसँग अदालतले माग्यो धरौटी

एनआइएमबी बैंकका सीइओ पाण्डेसँग अदालतले माग्यो धरौटी


  • 1.2K
    Shares

    एनआइएमबी बैंकका सीइओ पाण्डेसँग अदालतले माग्यो धरौटी
    images

    काठमाडौं । ऋण असुलीका लागि दूरसञ्चार कम्पनी स्मार्ट टेलिकमको सम्पत्ति लिलामी गरेको प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआइएमबी) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेले थुनाबाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्न पाउने भएका छन्।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलकान्त जोशीको एकल इजलासले बिहीबार पाण्डेलाई ८० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो।

    अदालतको आदेशसँगै पाण्डेलाई थुनामै राखेर अनुसन्धान अघि बढाउनुपर्ने अवस्था नरहेको ठहर गर्दै धरौटीमा रिहा गरिएको हो।

    स्मार्ट टेलिकमको ऋण असुलीका क्रममा भएको सम्पत्ति लिलामी प्रक्रियासँग सम्बन्धित प्रकरणमा पाण्डेविरुद्ध मुद्दा दायर भएको थियो। अब उनले धरौटी बुझाएर बाहिरै बसेर कानुनी प्रक्रिया सामना गर्नेछन्।

     

    प्रकाशित मिति :भाद्र ५ २०८३ शुक्रवार - १०:४६:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij